अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका प्राध्यापक तथा जनस्वास्थ्य विज्ञ रब मुडी हालै नेपाल आएका छन्। नसर्ने रोगहरुका लागि जनस्वास्थ्य नेतृत्व विषयक तालिम प्रदान गर्न नेपाल आएका प्राध्यापक मुडीसँग स्वास्थ्यखबरले विशेष संवाद गरेको छ।
स्वास्थ्यखबरको विशेष कार्यक्रम स्वास्थ्य संवादमा प्रोफेसर मुडीले कुनै पनि देशले स्वास्थ्य सेवामा पर्याप्त लगानी गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन्। उनले बालबालिकाको स्याहारदेखि स्वास्थ्यको लागि भौतिक पुर्वाधारको विकाससम्मको लागि यथेष्ठ लगानी गर्न आवश्यक रहेको बताए।
हेरौं उनीसँगको भिडियो कुराकानी: