काठमाडौं– द स्कीन क्लिनीकले आफ्नो सेवा काठमाडौंको नक्सालमा सुरु गरेको छ। छाला रोग सम्बन्धी सबै किसिमको उपचार सेवा पाउन सकिने क्लिनीकले जनाएको छ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म क्लिनीकमा सेवा लिन सकिने कर्मचारी मिना केसीले बताइन्। स्कीन केयरका लागि आवश्यक पर्ने सबै किसिमको औषधि तथा क्रिमहरु पनि उपलब्ध रहेको उनले जानकारी दिइन्।
हाल उक्त क्लिनीकमा धेरैजसो डण्डीफोर र चाया पोतोको समस्या लिएर आउने गरेको एस्थेटिक नर्स रोमिना पन्तले बताइन्। बिरामीको अवस्था र समस्या अनुसार उनीहरुको छालाको उपचार हुने उनले जानकारी दिइन्।
नेपालमा हाल बढ्दो धूवाँ धूलो र वायू प्रदुषणका कारण छाला सम्बन्धी समस्या बढ्दै गएको छाला रोग विशेषज्ञ डा जेबिना लामाले बताइन्। समयमै समस्याको पहिचान गरी उपचार गरे विभिन्न छाला रोगबाट बच्न सकिने उनले बताइन्।