धनगढी- धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएकाे छ। सुत्केरीको मृत्युपछि आफन्त विरोधमा उत्रेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लकाे शनिवबार राती मृत्यु भएकाे हाे। मृतक महिलाका आफन्तले उपचारका क्रममा त्रुटि भएको आरोप लगाउँदै अस्पताल परिसर घेराउ गरेका छन्।
उनका श्रीमान सुरेश मल्लका अनुसार चिकित्सकले नर्मल डेलिभरी हुन्छ भनेको तर आफन्तलाई जानकारी नगराई भ्याकुम प्रयोग गरी बच्चा निकालेको र शल्यक्रिया पश्चात उच्च रक्तश्राव भएको थियो। रक्तश्राव धेरै भएपछि उनको मृत्यु भएको थियो।
आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका हुन्।