प्रत्येक वर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ। दिवसमा विश्वभर भाइरल हेपाटाइटिसको विश्वव्यापी बोझको बारेमा जागरूकता जगाउने र रोकथाम, निदान र उपचारको लागि प्रोत्साहित गर्ने काम गरिन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०२१ का लागि "Hepatitis can’t wait" नारा राखेको छ।
विश्वभर हरेक सेकेन्ड एक व्यक्तिको हेपाटाइटिस बाट मृत्यु हुने गर्दछ। हेपाटाइटिसले कलेजोलाई असर गर्छ। विश्वका लगभग २.३ अर्ब मानिस एक वा बढी हेपाटाइटिस भाइरसबाट संक्रमित छन्। भाइरल हेपाटाइटिसबाट प्रत्येक वर्ष १.४ मिलियन बिरामीको मृत्यु हुन्छ, ति मध्ये हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकी बाँकी १० प्रतिशत अन्य हेपेटाइटिस भाइरसका कारण हुन्छन्।
डा ब्लमबर्गले सन् १९६७ माहेपाटाइटिस बी पत्ता लगाए र २ वर्ष पछि उनले पहिलो “हेपाटाइटिस बी” को खोप विकास गरे।
हेपाटाइटिस पाँच प्रकार छन्
हेपाटाइटिस ए
यो खोपबाट बचाउन सकिने संक्रमण हो। यो दूषित खाना, फोहोर पानी र नजिकको व्यक्तिगत सम्पर्क मार्फत फैलने गर्दछ।
हेपाटाइटिस ए बाट कसरी सुरक्षित हुने?
हेपाटाइटिस ए विरूद्ध खोप लगाउने, राम्रो व्यक्तिगत सरसफाइको अभ्यास गर्ने जस्तै साबुन पानीले हात धुने, संक्रमित व्यक्तिको व्यक्तिगत वस्तुहरू प्रयोग नगर्ने र हेपाटाइटिस संक्रमित भएको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउने र स्वच्छ खाना र उमालेको पानी पिउने।
हेपाटाइटिस बी
यो खोपबाट बचाउन सकिने संक्रमण हो। यो संक्रमित व्यक्तिको रगत, वीर्य, व्यक्तिसँगको यौन सम्पर्क र संक्रमित व्यक्तिहरूले प्रयोग गरेको सुईहरू बाट फैलने गर्दछ।
हेपाटाइटिस बी बाट कसरी सुरक्षित हुने?
हेपाटाइटिस बी विरूद्ध खोप लगाउने, यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्ने, सुईहरू साझेदारी नगर्ने।
हेपाटाइटिस सी
हेपाटाइटिस सी को लागी कुनै भ्याक्सिन छैन। यो संक्रमित व्यक्तिहरूबाट रगत मार्फत फैलने गर्दछ।
हेपाटाइटिस सी बाट कसरी सुरक्षित हुने? सुईहरू साझेदारी नगर्ने।
हेपाटाइटिस डी
हेपाटाइटिस बी को खोपले हेपेटाइटिस डी बिरूद्ध रक्षा गर्दछ। हेपाटाइटिस डी संक्रमित व्यक्तिको रगत र शरीरको पदार्थ बाट फैलने गर्दछ। हेपाटाइटिस डी केवल ती मानिसहरूमा देखापर्छ जो हेपेटाइटिस बी बाट संक्रमित छन्।
हेपाटाइटिस ई
दूषित खाना, फोहोर पानी, र संक्रमित मान्छेको दिसाबाट फैलने गर्दछ।
हेपाटाइटिस ई बाट करी सुरक्षित हुने? राम्रो व्यक्तिगत सरसफाई अभ्यास गर्न, प्रभावित व्यक्तिहरूको व्यक्तिगत चीजहरू प्रयोग नगर्ने र स्वच्छ खाना र उमालेको पानी पिउने।
हेपाटाइटिसको लक्षण
गाढा पिसाब, पेट दुख्ने, जन्डिस, फिक्का वा माटो रंगको दिसा, ज्वरो, खाना को रुचि घटाउने, थकान, शरीरमा दुखाइ।
के हेपाटाइटिस खोप छ?
हेपाटाइटिस ए, हेपाटाइटिस बी को खोप छ।
अधिकांश बिरामीहरू हेपाटाइटिसबाट पूर्ण रूपले निको हुने गर्दछ। यदि तपाईंमा नयाँ लक्षणहरू वा बिग्रने लक्षणहरू छन् भने तपाईंले आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्छ।