काठमाडौं- चीनको बेइजिङमा 'मङ्की बी' भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यसलाई पहिलो मृत्युको पुष्टि भएको जनाएको छ।
ग्लोबल टाइम्सको समाचार अनुसार बेइजिङमा जनावरका एक चिकित्सकको मङ्की बी भाइरसको कारण मृत्यु भएको हो। समाचारमा उनको सम्पर्कमा आएकाहरु अहिलेसम्म सुरक्षित रहेको बताइएको छ।
५३ वर्षीय ति पशु चिकित्सक एक इन्स्टीच्यूटमा 'नन ह्युमन प्राइमेट्स'माथि अनुसन्धान गरिरहेका थिए।
रिपोर्टमा जनाइए अनुसार गत मार्च महिनामा उनले दुई मृत बाँदरमाथि शोध गरेका थिए र त्यसको एक महिनापछि उनलाई बान्ता भएको थियो। गत शनिबार चीनको सीडीसी साप्ताहिकले यसबारेमा जानकारी दिएको थियो।
पत्रिकाका अनुसार, यी पशु चिकित्सकले कयौं अस्पतालमा उपचार गराएका थिए तर २७ मे मा उनको मृत्यु भयो।
पत्रिकाका अनुसार, यसअघि उक्त भाइरससँग जोडिएको यस्तो कुनै घटना आएको थिएन। मङ्की भाइरसका कारण मानव संक्रमण र मृत्युको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ।
शोधकर्ताहरुले अप्रिलमा पशु चिकित्सकको स्याम्पल लिएका थिए र त्यसक्रममा मङ्की भाइरसको पुष्टि भएको थियो।
यो भाइरसको पहिचान १९३२ मा भएको थियो। यो भाइरस सिधा सम्पर्क र स्वासप्रश्वासका कारण फैलन्छ। मङ्की भाइरसबाट संक्रमित बिरामीको मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत रहेको छ।
कसरी फैलन्छ भाइरस?
मानिसमा यो भाइरस आमरुपमा लङ्गुरु बाँदरले टोक्दा वा चिथोर्दा प्रवेश गर्न सक्छ। भाइरस संक्रमित बाँदरको मल, मूत्रबाट पनि फैलन सक्ने सम्भावना हुन्छ। यसबाहेक संक्रमित इन्जेक्सनको प्रयोगपनि एक माध्यम बन्न सक्छ। यो भाइरस कुनै पनि बस्तुको सतहमा घन्टौं जीवित रहन सक्छ।
बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार सामान्य मानिसमा प्रयोगशालामा काम गर्नेबाट संक्रमणको उच्च जोखिम या बाँदरसँग निकट रहेर काम गर्नेमा उच्च खतरा रहेको बताइएको छ।
लक्षण?
मानिसमा भाइरस सम्पर्कमा आएको १ महिना भित्र लक्षण देखिन थाल्छ। कहिलेकाँही यो लक्षण ३ देखि ७ दिनमा पनि देखिन सक्छ। तर सबैमा एकै खालको लक्षण नदेखिन सक्छ।
संक्रमण भएको स्थानमा दुख्ने, सुन्निने र चिलाउने हुन्छ। ज्वरो आउने र जाडो हुने, २४ घन्टा भन्दा धेरै समय टाउको दुख्ने, थकान, मांसपेशी बाउँडिने, स्वासप्रश्वासमा समस्या यसका लक्षण हुन्।
लक्षण सुरु भएको पहिलो दिनबाट तीन हप्तासम्म श्वास लिन कठिनाई आउन सक्छ भने यदी संक्रमण धेरै भए मृत्यु हुन सक्ने सम्भावना धेरै हुन्छ।
बीबीसी