काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ८ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सोही समयमा ५ सय ८१ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ९ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या ४ लाख ११ हजार बढी पुगेको छ।
भारतमा ३९ करोड १३ लाख बढीले भ्याक्सिन लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।