काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा ३४ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।
विगत १११ दिनमा यो सबैभन्दा कम संक्रमण दर भएको बताइएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड ६ लाख बढीमा संक्रमण भएको छ।
कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप ५ सय ५३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार बढी पुगेको छ।