जकार्ता- कोभिड-१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ।
इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको काेराेना सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
पीइआरएसआईका महासचिव लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकर्मीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन्।
मे महिनामा ईद-उल-फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्ट प्रवेश गरेपछि इन्डोनेसियामा कोभिडको महामारी बढेको थियो र अधिकांश स्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो।
यसैबीच, कोभिडबाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय नभएकाे र उनीहरूले महामारीका कारण वृद्धि भएका बिरामीको रेखदेख गर्न आफुले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको बताइएकाे छ।
रासस