काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ४४ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड पाँच लाख भन्दा धेरै पुगेको छ।
सक्रिय संक्रमितको संख्या ४ लाख ९५ हजार हुँदा पछिल्लो २४ घन्टामा थप ७सय३८ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार पुगेको छ।