काठमाडौं– कोरोना संक्रमण नघटेको भन्दै बंगलादेशले आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरेको छ।
दैनिक रुपमा संक्रमण बढ्दै गएकाले देशव्यापी रुपमा कडा लकडाउनको तयारी गरिएको सरकारी अधिकारीलाई उद्धत गर्दै समाचारहरुमा उल्लेख छ।
आगमी सोमबारबाट सुरु हुने लकडाउन तत्कालका लागि एक हप्तासम्म हुने बताइएको छ।
लकडाउनमा पनि औद्योगिक क्षेत्र भने आलोपालो गरी चल्ने बताइएको छ। सबै सार्वजनिक तथा निजी कार्यालय एवं अदालत भने बन्द रहेछन्।