काठमाडौं- भारतका चर्चित धावक मिल्खा सिंहको शुक्रबार ९१ वर्षको उमेरमा निधन भएको छ। उनी ‘फ्लाइङ सिख’ को नामले समेत चर्चित छन्।
कोरोना संक्रमण भएका उनको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ आएको थियो तर अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई चण्डीगण्डको पिजिआइ अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोही अस्पतालमा निधन भएको थियो।
अघिल्लो सातामात्र कोरोना संक्रमणकै कारण उनकी श्रीमति निर्मला मिल्खा सिंहको ८५ वर्षको उमेरमा निधन भएको थियो। स्वयम् अस्पतालमा भर्ना भएका कारण उनी श्रीमतिको अन्तिम संस्कारमा समेत उनी उपस्थित हुन सकेका थिएन।
मिल्खा सिंहको जीवनीमा आधारित भएर भारतीय निर्देशक राकेश ओमप्रकाश मेहराले ’भाग मिल्खा भाग’ चलचित्र समेत निर्माण गरेका छन् जसमा मिल्खा सिंहको भूमिका अभिनेता फरहान अख्तरले निर्वाह गरेका छन्।