काठमाडाैं- दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र संक्रमित भेटिएको जानकारी दिएका छन्। दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना संक्रमित भेटिएका थिए। त्यो भन्दा अघिल्लो दिन ५८० जना संक्रमित भेटिएका थिए।
यसअघिका हप्ताहरुका तुलनामा कोरियामा संक्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्। अहिले पनि सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिने गरेका छन्। गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन्।
बिहीबार देखिएका संक्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ। हालसम्म १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन्। त्यसैगरी अहिलेसम्म करिब २ हजार जनाको काेराेनाको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ।