विश्व रगत दाता दिवस हरेक वर्ष जून १४ मा पर्दछ। रक्तदान एउटा यस्तो कार्य हो जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने रगत मानव जीवनको अत्यावश्यक तत्व हो। सन् २०२१ को लागि विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस्” रहेको छ। यस सन्देशले रगत दाताहरूले अरुको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ। यसले विश्वभरिका व्यक्तिहरुलाई नियमित रूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्याउन आह्वानलाई गर्दछ।
विश्व स्वास्थ्य संगठनले अनुमान गरे अनुसार कुनै पनि राष्ट्रको रगतको आवश्यकता पूरा गर्नका लागि न्यूनतम कुल जनसंख्याको १ प्रतिशतले रक्तदान गर्नुपर्छ। यसको उद्देश्य भनेको रक्तप्रक्षेपणका लागि सुरक्षित रगत र रगत उत्पादनहरूको आवश्यकताको विश्वव्यापी जागरूकता र महत्वपूर्ण योगदान स्वैच्छिक रक्तदान गर्ने दाताहरू बढाउनु हो। प्रत्येक केहि सेकेन्डमा कसैलाई रगत चाहिन्छ। रगतको आवश्यकता सधैं रहिरहन्छ। रगत दान गर्न सक्ने प्रत्येक व्यक्तिले नियमित स्वैच्छिक रक्तदान गर्नुपर्छ जसले गर्दा देशमा पर्याप्त रक्त आपूर्ति हुन्छ। सुरक्षा र स्वास्थ्यलाई सुनिश्चित गर्नुका लागि रक्तदान महत्वपूर्ण छ, यसले नियमित अनुदानको लागि प्रतिबद्धता निर्माण गर्न मद्दत गर्दछ। शरीरको कुल रगतको ३० प्रतिशतभन्दा बढी रक्तस्राव घातक हुनसक्छ। जसको लागि तपाईंले गरेको रक्तदानले उक्त व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
कसलाई रगत चाहिन्छ ?
चोटपटक लागेका बिरामीहरू, दुर्घटनामा परेका व्यक्ति, आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, गम्भीर रक्तअल्पताका बच्चाहरूका साथै वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका, शल्य प्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू।
कसले रगत दिन सक्छ?
उमेर १८ देखि ६० बर्षसम्म पुगेका र ४५ किलोग्राम भन्दा बढी तौल भएका व्यक्तिहरु। यसका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको र शरिरमा रक्त न्यूनतम ३५० मिलीलिटर भएका सबैले रक्तदान गर्न सक्दछ। रक्तदानको समयमा मानिसहरू राम्रो स्वास्थ्यमा हुनुपर्दछ।
कसले रगत दान गर्न सक्दैन?
चिसो, फ्लू, घाँटी दुखाइ, पेट संक्रमण भएका वा कुनै गम्भीर रोग लागेका व्यक्तिहरूले गर्न मिल्दैन। ट्याटू वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि ६ महिनासम्म रगत दान दिन सक्दैनन्। सानो प्रक्रियामा दन्त चिकित्सकको भ्रमण गर्ने व्यक्तिले दान दिनु अघि २४ घण्टा कुर्नु पर्छ।
१३ ग्राम प्रति डिसीलीटर एल भन्दा कम एच बि भएका पुरुष र १२ ग्राम प्रति डिसीलीटर एल भन्दा कम एच बि भएका महिलाले रक्तदान गर्न सक्दैनन्।
एचआईभी संक्रमित व्यक्ति र रिक्रिएशनल औषधिहरुको प्रयोग गर्ने व्यक्तिले रक्तदान गर्न सक्दैनन्।
गर्भवती महिला र स्तनपान गर्ने महिलालाई बच्चा जन्माए पछि ९ महिनासम्म रक्तदान गर्न अनुमति छैन।
लामखुट्टेले फैलाउने संक्रमण भएका स्थानीय रूपमा हुने मलेरिया, डेंगू, जीका जस्ता संक्रमण भएका ठाउँका मानिसहरुले केहि समय रगत दान गर्नु हुँदैन।
रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनु अघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ। व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा आइरनको स्तर सामान्य सीमा भित्र हुनुपर्दछ।