काठमाडौं- जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। गरिब राष्ट्रहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने कार्यक्रमलाई सघाउन जापानले थप आर्थिक सहयोग गर्ने भएको हो।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ।
जापानले यसअघि पनि कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको थियो।
खोपको आवश्यकता भएका राष्ट्रहरुलाई समान रुपमा खोप उपलब्ध गराउने कार्यक्रमका लागि जापानले सहयोग थप गर्ने भएको समाचारमा उल्लेख छ ।