धनगढी- टीकापुर नगरपालिका–१, एकतानगरकी पुनम गर्भवती भइन्। उनको पहिलो सन्तान छोरी थिइन्। दोस्रो सन्तान पनि छोरी नहोस् भन्ने दम्पतीकै चाहना थियो। पहिलो सन्तान भर्खर ११ महिनाकी मात्रै भएकाले पेटको बच्चा छोरी भए गर्भपतन गराउन दुवै जना सहमत थिए।
सुरक्षित गर्भपतन गराउन मान्यताप्राप्त सरकारी अस्पताल र मेरी स्टोप्समा लिंग पहिचान गरेर भु्रण हत्या गर्न नसकिने भएपछि धनगढी गएर निजी क्लिनिकमा सात हजार तिरेर जा“च गराए। भु्रण छोरा भएको थाहा पाएपछि गर्भपतन नगराई फर्किए।
पहिलो सन्तान छोरी हुनेले अर्को सन्तान पनि छोरी नै भए जन्मिन नै नदिने र पहिलो सन्तान छोरो हुनेले अर्को सन्तान नै नजन्माउने गरेका घटना धेरै देखिन थालेका छन्। टीकापुर नगरपालिका–६ कि श्रेया पेसाले शिक्षिका हुन्। उनको ११ वर्षको एउटा छोरा छ। उनी भन्छिन्, ‘श्रीमान् पनि काममा हुनुहुन्छ दुवै जना काममा भएकाले पहिलो सन्तान छोरा भए त्यसैमा चित्त बुझाउने पहिल्यै सल्लाह थियो। पहिलो सन्तान छोरा नै भएपछि अर्को सन्तानको रहर रहेन।’
अहिले युवा पुस्ता सन्तान एउटै होस्, त्यो पनि छोरा होस् भन्ने चाहन्छन्। यसै वर्ष विहे भएकी टीकापुर–१, ब्लक २४ की अञ्जली छोरा भए एउटै सन्तानले पुगिहाल्छ भन्ने सोचमा छिन्। ‘बढी सन्तान भए दुःख झेल्नुपर्छ,’ अञ्जली भन्छिन्, ‘पहिलो सन्तान छोरी भइहाले परिवारले मान्दैन, दोस्रो सन्तान जसरी पनि छोरै जन्माउनुपर्छ।’ पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तान छोरै पाउन भु्रण जा“च गराएको र छोरी भए गर्भपतन गराउने गरेको उनले देखेकी छिन्।
पछिल्लो समय धेरै सन्तान नचाहने, छोरै चाहने र पहिलो सन्तान छोरा भए त्यसैमा सीमित हुने युवा पुस्ताका कारण छोराको संख्या बढ्दै छ भने छोरीको संख्या घट्दै गएको छ। टीकापुर अस्पताल र टीकापुर नगरपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा जन्मिएका बालबालिकाको तथ्यांक हेर्दा त्यस्तै देखिएको छ।
टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्म ६ हजार चार सय ३१ बालबालिका जन्मिएकोमा बालकको संख्या तीन हजार ४०७ (५२.९८ प्रतिशत) छ भने बालिकाको संख्या तीन हजार २४ (४७.०२ प्रतिशत) छ। यो अन्तर पा“च दशमलव ९६ प्रतिशत हो। टीकापुर नगरपालिका भित्रका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा यही अवधिमा सात हजार ४३ बालबालिका जन्मिएकामा बालक तीन हजार ७२७ (५२.९२ प्रतिशत) र बालिका तीन हजार ३१६ (४७.०८ प्रतिशत) छन्। टीकापुर नगरपालिकाको पाश्र्वचित्र २०७५ मा भएको तथ्यांकअनुसार पछिल्ला १४ वर्षयता छोराको तुलनामा छोरीको संख्या घट्दै आएको देखाएको छ।
यस्तै सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले दिएको जानकारीअनुसार त्यहाँ २०७३/७४ यता ३३ हजार १७० बालबालिका जन्मेका छन्। यस अवधिमा बालक १८ हजार ८४७ (५६.८२ प्रतिशत) र बालिका १४ हजार ३२३ (४३.१८ प्रतिशत) मात्रै जन्मेका छन्। यहा“ बालिकाभन्दा बालक साढे १३ प्रतिशत बढी जन्मेका छन्।
सुदूरपश्चिम प्रदेशमा शिशु जन्ममा छोराको तुलनामा छोरीको जन्म अनुपात ५० प्रतिशत भन्दा पनि कम रहेको छ। एक दशकअघिसम्म सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा अधिक रहे पनि अहिले कमी आएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा प्रदेशमा ४३ हजार आठ सय ६४ शिशुको जन्म भएको थियो। सो वर्ष शिशु जन्ममध्ये २३ हजार चार जना छोराको जन्म भएको थियो भने २० हजार आठ सय ६० छोरीको जन्म भएको थियो। प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सो वर्ष प्रदेशमा छोरीको जन्म अनुपात ४७ दशमलव ६ प्रतिशत रहेको थियो।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपातमा थप कमी आएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ४५ हजार एक सय ९० शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव एक प्रतिशत रहेको थियो। सो आर्थिक वर्षमा प्रदेशमा २४ हजार तीन सय ६९ जना छोरा र २० हजार आठ सय २१ छोरी जन्मिएका थिए।
त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ४५ हजार दुई सय २२ शिशु जन्मिएका थिए। सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा ४५ दशमलव ९ प्रतिशत रहेको थियो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमा २४ हजार चार सय ७२ छोराको जन्म भएको थियो भने २० हजार सात सय ५० छोरीको जन्म भएको थियो।
त्यस्तै, चालू आर्थिक वर्ष २०७७/०७८ को पुस महिनासम्म सुदूरपश्चिम प्रदेशमा कुल नवजात शिशु जन्ममध्ये छोरीको जन्मदर ४५ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षको पुस महिनासम्म प्रदेशमा २७ हजार सात सय १३ शिशु जन्मिएकोमा १५ हजार दुई सय ३४ जना छोरा र १२ हजार चार सय ७९ छोरीको जन्म भएको थियो।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर सामाजिक, शैक्षिक तथा आर्थिक रुपमा तुलनात्मक रुपमा विकसित मानिन्छ। तर यी दुई जिल्लामै पनि कुल जन्ममध्ये छोरीको जन्मको अनुपात हरेक वर्ष कम हुँदै गएको तथ्यांकले देखाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा १५ हजार तीन सय ५६ शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४७ दशमलव तीन प्रतिशत रहेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा १६ हजार चार सय ७५ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४३ दशमलव तीन प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा १६ हजार चार सय पा“च जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव ६ प्रतिशत रहेको थियो।
चालू आर्थिक वर्ष २०७७/०७८ को पुस महिनासम्म कैलालीमा ९ हजार ९ सय ६७ जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४२ दशमलव ८ प्रतिशत रहेको छ।
त्यस्तै, कञ्चनपुरमा आर्थिक वर्ष २०७४/७५ मा पाँच हजार सात सय ८४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरमा पा“च हजार आठ सय ७४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४५ दशमलव ९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा कञ्चनपुरमा ६ हजार दुई सय ५७ जना शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव तीन प्रतिशत रहेको थियो भने चालू आर्थिक वर्ष २०७७/०७८ को पुस महिनासम्म कञ्चनपुरमा तीन हजार ९ सय एक शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव पा“च प्रतिशत रहेको छ।
‘पहिलो सन्तान जे भए पनि हुन्छ। अधिकांश दम्पती दोस्रो सन्तान पहिचान गराएर नै आउने गर्छन्,’ धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रसूति गृह विभाग प्रमुख यशोदा ढकालले भनिन्, ‘प्रविधिको विकास भएसँगै लिंग पहिचान गराउने दम्पतीको संख्या बढेको छ। छोरा भए सहज रुपमा लिन्छन्। छोरी भए प्रायः पहिले नै गर्भपतन गराउ“छन्।’
कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा २० वर्ष मुनिका एक सय ८८ आमाले औषधी सेवन गरी गर्भपतन गराएका थिए। भने सर्जिकल विधिबाट दुई सय ८८ जना आमाले गर्भपतन गराएका थिए।
त्यस्तै, आर्थिक वर्ष ०७५/७६ मा औषधि सेवनबाट एक सय ३० जनाले र सर्जिकल विधिबाट एक सय ११ जना आमाले गर्भपतन गराएका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा औषधी सेवन र सर्जिकलबाट गर्भपतन गराउने आमाको संख्या ९१/९१ रहेको कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
मुलुकी ऐन–२०२० ले महिलाको चाहनाअनुसार सामान्य अवस्थामा १२ सातासम्मको गर्भपतन गर्न कानुनी मान्यता दिएको छ। बलात्कारबाट गर्भवती हु“दा भने स्वास्थ्य संस्थाले १८ महिनासम्म गर्भपतन गराउन सक्छन्।
अन्यत्र निजी क्लिनिक वा अस्पतालमा गई भु्रण पहिचान गरेपश्चात् गर्भपतन गर्न आएको हुन सक्ने हु“दा लिंग पहिचान गरी गर्भपतन गराउन आएको हो/होइन भन्ने स्वास्थ्य संस्थालाई जानकारी नहुने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए।
सेती प्रादेशिक अस्पतालका प्रसूति विभागकी प्रमुख ढकालले भनिन, ‘गर्भपतन गराउनेमा पढे–लेखेका र आर्थिक रूपमा सम्पन्न भएका नै बढी रहेका छन्।’ उनले प्रविधिको विकास भएसँगै छोराछोरीमा विभेद पनि बढेको बताइन्। उनले भनिन, ‘अहिले निजी स्वास्थ्य संस्थामा लुकिछिपी भु्रण चेकजा“च भइरहेका छन्। कानुनतः सरकारले भ्रुण चेकजा“चलाई मान्यता दिएको छैन। भु्रण पहिचान गरी गर्भपतन गरे अधिकतम पा“च वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ।’ मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको खुले ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था पनि गरेको छ। तर कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनी बताउ“छन्।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले विगतमा उपकरण नहु“दा छोराछोरी जन्मदरमा प्रभाव नपरेको बताए। उनले भने, ‘पछिल्लो समय प्रविधिको विकास र कानुनी रुपमा केही खुकुलो हुँदा छोरीको जन्मदरमा कमी आउ“दै गरेको छ। उनले पितृसत्तात्मक सोचका कारण पनि समाजमा अहिले पनि छोराको चाहना कायमै रहेको बताए।
छोराछोरीको जन्म अनुपातमा बढ्दै गएको अन्तरले भविष्यमा लैगिक अनुपातमा प्रभाव पर्ने स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए। उनले भने, ‘यसरी नै छोरीको जन्मको अनुपातमा कमी आउने हो भने विवाहका लागि भोलि पुरुषले महिला नपाउने अवस्था आउन सक्छ।’ उनले महिलाको जन्मदर घट्दा भविष्यमा जबरजस्ती करणी, महिलामाथिका हिंसा लगायतका घटना पनि बढ्न सक्ने बताए।
उनले छोरीको जन्म अनुपात वृद्धि गर्न समाजमा सचेतना फैलाउनुपर्ने, छोराछोरी बराबरी भन्ने सन्देश सबैलाई बुझाउनुपर्ने र सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन गरे केही सुधार हुने बताइन्।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागकी समाजशास्त्री सुनिता रावतले देशका सबै क्षेत्रमा स्वास्थ्यकर्मी, स्वास्थ्य सूचना र स्वास्थ्यको पहु“च पुगेको बताइन्। ‘एकातिर परिवार नियोजन र गर्भपतन सेवा सहज भयो, अर्कोतिर छोरा सम्पत्ति र छोरी बोझ भन्ने मान्यता कायमै रह्यो,’ समाजशास्त्री रावतले भनिन्।