बालबालिका सानो छँदा जुन बानीमा अभ्यस्त भयो, त्यसमै बानी पर्दै जाने स्वभाव हुन्छ। बच्चालाई खुवाउने क्रममा आमा र बुवाले मात्रै नभई परिवारका अरु सदस्यहरुले पनि आफ्नो धारणा दिइरहेका हुन्छन्। बच्चाले खान मानेन भने फेरि केही बेरमै खुवाउने धेरैको बानी हुन्छ। हामीले बच्चालाई खानको लागि जत्ति दवाव दिन्छौं, त्यत्ति नै नकारात्मक भावनाको विकास हुन्छ। त्यसैले बच्चालाई खाना खुवाउँदा रमाइलो र हासीखुसीको वातावरण बनाउनुपर्छ। करबल गर्न थालियो भने खाना खाने समय अरुको गाली खाने, दबाब सहनुपर्ने समयका रुपमा दिमागमा लिएका हुन सक्छन्।
ठूलो मान्छेको जस्तै बालबालिकाको पनि खानाको रुची र अन्य कुराहरु फरक हुन्छन्। कहिले खानामा रुची हुन्छ, कहिले हुँदैन। कुनैबेला पेट भरिएर खान मन नलागेको पनि हुनसक्छ। सानो बच्चालाई २/२ घण्टामा खुवाउनुपर्छ। तर, ठोस पदार्थ खुवाउन थालेपछि हरेक पटक २/३ घण्टाको फरकमा बालबालिकालाई खुवाउन जरुरी हुँदैन। तरल पदार्थ खुवाएको छ भने त्यसको अन्तर कम्तिमा दुई घण्टा हुनुपर्छ। ठोस खानेकुरा खुवाएको हो भने अन्तर ४ घण्टाको हुनुपर्छ।
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ। एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन । त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ।
नयाँ आमाहरुले बालबालिकाले केही खायो कि निकै उत्साहित भएर खानामाथि खाना थप्ने गर्नुहुन्छ। त्यो गलत हो। एकथरी खाना खाएर त्यो शरिरले पचाएपछि मात्रै नयाँ खाना थप्नुपर्छ।
बालबालिकालाई डुलाएर वा परिवारका सदस्यहरुस“ग राखेर खुवाउनु राम्रो हुन्छ। कतिपय बालबालिकालाई खान मन नलाग्ने, अरुची हुने लगायतका समस्या देखिन्छ। बच्चाले यो खाएन, त्यो खाएन भनेर हामीले गुनासो गरिरहेका हुन्छौं। त्यसले दवावपूर्ण वातावरणको मात्रै निर्माण गर्छ। धेरै अविभावकहरुले बच्चाले खाना खाएर भनेर मकहा गुनासो लिएर आउनुहुन्छ। त्यसपछि भने सर्वप्रथम बच्चाको तौल हेरिन्छ।
खाना नखाने गुनासोको बाबजदु बच्चाको तौल र उचाई ठिकै छ भने त्यत्ति चिन्ता लिनुपर्दैन। हामीले त अझ तौल भन्दापनि उचाई हेछौं, जसले शरिरमा आवश्यक अनुसार आहार पुगे नपुगेको निर्धारण गर्छ।
रुघाखोकी, पखाला लगायतका सामान्य समस्याले पनि बालबालिकको तौल घटबड भएको हुन्छ। तर पोषण पुगे नपुगेको हेर्ने उपयुक्त आधार उचाई नै हो। बयस्कहरुले बालबालिकाहरुलाई खानामा दवाव दिने गर्नुहुदैन।
आमाहरुले आफ्नो र अरुको बच्चाको उमेरस“गै तौलको पनि तुलना गर्ने र चिन्ता लिने चलन छ। बच्चाको तौल र उचाई उमेर र खानास“ग मात्रै नभई वातावरण, बाबुआमाको वंशाणु लगायत अन्य कुराहरुस“ग पनि अन्तरसम्बन्धित हुन्छ। संयुक्त परिवारका परिवारका सबै सदस्यहरुले बालबालिकालाई पालैपालो खुवाउने चलन थियो। यसले आमालाई मात्रै भार पर्दैन। र आमा प्राय थाकेको हुनाले थालेको मान्छेसग बच्चाले सहज रुपमा खादा पनि खादैन।
पछिल्लो समयमा बालबालिकालाई विभिन्न खेलौनाहरु दिएर, ल्यापटप देखाए्र र कार्टुन देखाएर खाना खुवाउने चलन बढ्दो छ। यो प्रवृति बालबालिकालाई भन्दा पनि खुवाउने बाबुआमाका लागि सजिलो हो। बच्चाले आफूले के खाइरहेको छु भन्ने थाह पाउदैन। उसको ध्यान ल्यापटपमा ग्याजेटमा हुन्छ। न बच्चाले यो के खाना हो भनेर थाह पाउदा, न उसलाई स्वाद नै हुन्छ ?
बच्चा विस्तारै ठुलो हुदै जान थालेपछि स्कूलमा भर्ना भएपछि आफैले खानुपर्ने अवस्थामा भने गाह्रो हुन्छ। जो टिभी र ग्याजेटको अगाडी बसेर खान्छ, उसको तौल बास्तविकभन्दा पनि बढी हुने जोखिम रहन्छ। बच्च टिभीको अगाडी बसेको हुन्छ, बुबाआमाले टिभीको अगाडी ल्याएर खानेकुरा राखिदिने र कार्यक्रम नसकिएसम्म उसले थपी थपी खाइरहने प्रवृति हुन्छ। टिभी हेर्दै जंक फुड खाने समस्यापनि उत्तिकै हुन्छ। बच्चाको तौल उमेरभन्दा बढी हुने समस्या ज्यादा हुन्छ। यसलाई ओबिसीटी भनिन्छ। यस्तो भए सानै उमेरमा डाइवेटिज देखिने, हाइपरटेन्सन हुने कलेजोमा समस्या हुने देखिन्छ। शहरी क्षेत्रमा यस्तो समस्या ज्यादा छ।
बच्चालाई खुवाउने निश्चित समयतालिका हुनुपर्छ। खानामा पनि अनुशासनको पालना गर्नुपर्ने हुन्छ। बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ। टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडी बसेर खाने गर्नुहुदैन।
बालबालिकाहरुलाई ठोस खाना दिनको तीनदेखि चारपटक खान दिनु उपयुक्त हुन्छ। जति उमेर बढ्दै गयो। त्यसरी नै ठूलो मानिसहरुको झै अनुसरण गर्नुपर्छ। त्यसबाहेक फलफूल, मासु(मासु नखानेले सोयाविन या च्याउ जस्ता प्रोटिनयुक्त खाना दिनुपर्छ। त्यसले उनीहरुको शरिर वृद्धिका लागि आवश्यक तत्वको आपूर्ति गर्छ।
-(डा जोशी बालरोग विशेषज्ञ हुन्)