धनगढी- कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियु) सेवा प्रारम्भ भएको छ।
शरीर काम्ने, जन्मदा कम तौल भएका, अवधी पूरा नभई जन्मिएका, श्वासप्रश्वासमा समस्या, निमोनिया, रक्त अल्पता, जण्डिस तथा विभिन्न संक्रमणबाट पीडित नवजात शिशुको उपचार हुने एनआइसियु सेवा अस्पतालमा सोमबारदेखि शुरु भएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर एंव हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकालले रिवन काटेर उद्घाटन गरेका हुन। डाक्टर ढकालले भने –‘एनआइसियूमा अहिले १० वेड रहेको छ। त्यसमा दुई वटा भेन्टिलेटर सहित छ।’
उनले एनआइसियु सेवा शुरु भएसंगै अस्पतालमा जन्मने नवजात शिशुको उपचारमा थप सहजता हुने बताए। उनले भने –‘अस्पतालमा दैनिक सरदर १५ बच्चा जन्मिने गरेका छन। त्यसमा दुइदेखि तीन नवजात शिशुहरुलाई एनआइसियूमा राख्नुपर्ने अवस्था आउ“छ।’ उनले अस्पतालले नवजात शिशुको उपचारका लागि अन्यत्र पठाउनु नपरोस भनेर सो सेवा सुरु गरेको बताए।
एनआइसियूमा आवश्यक सामग्रीहरू भेन्टिलेटर, इडिजी मेसिन, इक्युरेटरलगायत मेसिन राखिएको छ भने डाक्टर विक्रम हिराचनको नेतृत्वमा जनशक्ति राखिएको छ। एनआइसियुमा खटिएका डाक्टर हिराचनले भने –‘शिशु जन्मदा ९० प्रतिशत सामान्य रहने र १० प्रतिशत एनआइसियूमा राख्नुपर्ने अवस्था हुन्छ।’ उनले एनआइसियु सेवा शुरु भएसंगै नवजात शिशुको उपचारमा सहजता आउने बताए।
अस्पतालका मेडिकल डाइरेक्टर ढकालले भने –‘हामीले गुणस्तरिय, प्रभावकारी र सस्तोमा सेवा उपलब्ध गराउने छौं।’ उनले अस्पताल पैसाभन्दा पनि सेवामुलक कार्यक्रम अग्रसर भइरहेको बताए।
१४ वर्षदेखि नीजि क्षेत्रको लगानीमा सञ्चालनमा रहेको अस्पतालले समयको आवश्यकता अनुसार सेवाहरु पनि थप गर्दै लगेको छ।
मेडिकल डाइरेक्टर ढकालका अनुसार ५० शैयाको सो अस्पतालबाट नि शुल्क प्रसुती सेवा, नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम, नि:शुल्क खोप सेवा, निशुल्क क्षयरोगको औषधी वितरण तथा परामर्श प्रदान गर्दै आएको छ।
हाल अस्पतालमा विभीन्न विशेषज्ञ सेवाहरु (हाडजोर्नि, वालरोग, प्रशुती तथा स्त्री रोग, फिजिसियन, जेनरल तथा ल्याप्रोस्कोपीक सर्जरी, एनेस्थेशिया, रेडियोलोजी, फिजियोथेरापी) लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिईरहेको छ। केहि महिना अघिबाट मात्र आईसियु सेवा सुरु गरेको थियो।