धनगढी- कैलालीमा गत आर्थिक वर्षमा एचआइभीका नया“ संक्रमित बढेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा ४५ जना संक्रमित थपिएको बताइएको छ।
स्वास्थ्य कार्यालय कैलालीको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा पा“च हजार एक सय ४५ जनाको रगत परीक्षण गर्दा एक सय सात जना नयाँ संक्रमित थपिएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा छ हजार एक सय १३ रगत परीक्षण गर्दा एक सय ५२ जना नया“ संक्रमित फेला परेका थिए।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले परीक्षणको दायरा र परीक्षणको सहज पहुँच हुँदा नयाँ संक्रमित बढी देखिएको बताए।
त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा कैलालीमा छ हजार तीन सय ३० जनाको रगत परीक्षण गरिएकोमा एक सय १७ जनामा एचआइभी पोजेटिभ देखिएको थियो। भने आर्थिक वर्ष २०७४/०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जना संक्रमित फेला परेका थिए।
आर्थिक वर्ष ०७६/७७ मा पहिचान भएका नया संक्रमितहरूमध्ये महिला र पुरुषको संख्या बराबर रहेको छ। कार्यालयले दिएको जानकारी अनुसार ५५/५५ महिला र पुरुष, ३८ तेस्रो लिंगि, तीन बालक र एक बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ।
आर्थिक वर्ष २०७५/७६ मा ६४ जना पुरुष, ३७ जना महिला, एक बालिका तथा चार बालकमा एचआइभी संक्रमण देखिएको थियो।
कैलालीमा पहिचान भएका नया“ एचआइभी संक्रमणमध्ये धेरै जसो बाहिराबाट बसाइ सराई गरेर आएका व्यक्तिहरू रहेको जनाइएको छ।
कैलाली स्वास्थ्य कार्यालय निमित्त प्रमुख धामीले भने– एचआईभी रोकथामको लागि बसाई सराई मुख्य समस्या रहेको छ।
उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पहिचान भएको कुल संक्रमितमध्ये ३३ जना छिमेकी मुलुक भारतबाट बसाई सराई गरेर आएका रहेका थिए भने आर्थिक वर्ष २०७५/७६ मा ५२ जना भारतबाट आएका रहेका थिए।
सेती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरले भने– सुदूरपश्चिम प्रदेशमा वेरोजगारी अधिक छ। सरकारले स्वदेशमै रोजगारीको व्यवस्था नगरेसम्म एचआइभी संक्रमितको घटाउने लक्ष्य सफल हुन सक्दैन।
डाक्टर कमरले एचआइभी रोगको औषधि अहिलेसम्म बन्न नसकेको र संक्रमितलाई अन्य औषधि खुवाएर जीवन लम्ब्याउने काम भइरहेको बताए। उनले सेती अस्पतालमा उपचाररत संक्रमितको उपचारमा कुनै पनि समस्या नरहेको दाबी गरे। उनले भने– अस्पतालमा कामको चाप छ। त्यसैमा जनशक्ति अभाव हु“दा विरामीहरूले सेवा नपाउने गरेको गुनासो गर्छन।
मृत्युदर बढ्यो
कैलालीमा आर्थिक वर्ष २०७६/७७ मा एचआइभीका कारण हुने मृत्युदर बढेको तथ्यांले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कैलालीमा एचआइभी संक्रमणबाट २७ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ३५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ।
त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा एचआईभीका कारण ३९ जनाको मृत्यु भएको थियो।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो चार महिनामा एचआईभीका कारण चार जनाको मृत्यु भएको जनाइएको छ। चालू आर्थिक वर्षमा मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्। सेती अञ्चल अस्पतालका डाक्टर कमरका अनुसार एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन नगर्नु तथा एचआइभी संक्रमितलाई अन्य रोगले संक्रमण गर्नु लगायतका कारण मृत्युदरमा बृद्धि भइरहेको छ।
‘नियमित रूपमा औषधि सेवन गर्ने हो भने एचआइभी संक्रमितलाई निको पार्न सकिन्छ’ डाक्टर कमरले भने– तर, धेरैजसो केसमा संक्रमितले नियमित रूपमा औषधि सेवन गरेको पाइदैन। स्वास्थ्य कार्यालय कैलालीका अनुसार एक सय ८६ जनाले हालसम्म औषधी खान नमानी हराएको जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा १९ जनामा एचआईभीसंगै क्षयरोगबाट पीडित छन् भने भने आर्थिक वर्ष २०७५/७६ मा ३० जना रहेका थिए।
कैलाली जिल्लामा हालसम्म एआरटी सेवा लिनेको दर्ता संख्या दुई हजार आठ सय ८५ रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाइएको छ। तीमध्ये वयस्क पुरुषको संख्या एक हजार तीन सय ६५ रहेको छ भने एक हजार तीन सय १९ जना महिला रहेका छन््। कार्यालयले दिएको तथ्यांक अनुसार १६ जना तेस्रो लिंगि, एक सय चार जना बालक र ८१ जना बालिकाले एआरटी सेवा लिइरहेका छन्।
त्यस्तै, हालसम्म एआरटी सेवा अन्तर्गत औषधि सेवन गरिरहेकाहरूको संख्या एक हजार चार सय ४६ रहेको छ। तीमध्ये पा“च सय ९८ जना पुरुष र ७ सय ६३ जना महिला रहेका छन्।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लाइन औषधि खाने एचआइभी विरामीको संख्या ८९ रहेकोे छ।
चार महिनामा थप ३४ जना संक्रमित
स्वास्थ्य कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको चार महिनामा थप ३४ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्।
चार महिनामा नौ सय ४२ जनाको रगत परीक्षण गर्दा थप ३४ जनामा नया“ एचआइभी संक्रमित पहिचान भएका हुन। स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष (२०७६/०७७) मा यो अवधिमा एक हजार एक सय ७६ जनाको रगत परीक्षण गरिएकोमा ३२ जना नया“ एचआईभी संक्रमित फेला परेका थिए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा छ सय ३४ पुरुष, दुई सय ७६ महिला, २० तेस्रोलिंगी र १२ बालबालिकाको रगत परीक्षण गर्दा २६ पुरुष र आठ महिला नया“ एचआइभी संक्रमित फेला परेका थिए। यी मध्ये १३ जना छिमेकी मुलुक भारतबाट बसाइसराई गरी आएका रहेका छन्।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा एआरटी सेवा लिन ११ जना महिला र १७ जना पुरुष गरी २८ जनाको दर्ता गरिएको छ।