काठमाडौं– सरकारले संघीय संरचनामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि नयाँ मापदण्ड ल्याएको छ। बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ पास गरेको हो।
स्वास्थ्य मन्त्री गगन थापाले गरेको मापदण्डको प्रस्तावलाई मन्त्रीपरिषद्ले पास गरेको हो। स्वास्थ्यका संरचनाहरु जथाभावी बन्ने कार्यलाई निरुत्साहित गर्न नयाँ मापदण्ड ल्याइएको मन्त्री थापाले जानकारी दिए। नयाँ मापदण्ड अनुसार स्वास्थ्यका नयाँ संरचना निर्माण गर्दा भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गरी निर्माण हुनेछ।
भौगोलिक अवस्थाका आधारमा वैज्ञानिक ढंगमा पूर्वाधार निर्माण गर्नुका साथै उपकरण र जनशक्तिलाई पनि ध्यान दिइने मन्त्री थापाका प्राविधिक सल्लाहकार अमित अर्यालले बताए । ‘आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्य सेवा आवश्यकताका आधारमा एकीकृत ढंगले विकास गर्ने गरी यो मापदण्ड ल्याइएको हो,’ उनले भने।
यसअघि नेपालमा स्वास्थ्य पूर्वाधारका तीन आवश्यक हिस्सा भौतिक संरचना, स्वास्थ्य जनशक्ति र उपकरणलाई छुट्टाछुट्टै रुपमा लिने गरिएको थियो। यसरी भिन्न/भिन्न निकायबाट एकतर्फी ढंगले भौतिक संरचना, स्वास्थ्य जनशक्ति र उपकरणको विकास गरिँदा आम जनताले भरपर्दो र गुणस्तरीय सेवा पाउन सकेका छैनन्। जसका कारण कतिपय स्थानमा नयाँ निर्माण भएका स्वास्थ्य संस्थाका भवनहरूमा आवश्यक जनशक्ति र उपकरण नहुने त कतै जनशक्ति भएर पनि उपकरण वा भवन नहुने अवस्था आउँदा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुन सकिरहेको छैन।
सल्लाहकार अर्यालले योे मापदण्ड अनुसार जिओग्राफिक इन्फर्मेसन सिस्टमको प्रयोग गरेर स्वास्थ्य संस्थाको वर्गीकरण अनुसार भौगोलिक विश्लेषण मार्फत् जनसंख्या, भौगोलिक पहुँच र सहयोगी पूर्वाधारसमेतलाई ध्यानमा राख्दै संस्थाको स्थान तोकिने बताए । उनी भन्छन्, ‘ स्वास्थ्य संस्थाका भवनहरू भूकम्प प्रतिरोधी डिजाइनका हुनेछन् भने सस्तो र स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर निर्माण गर्न सकिने हुनेछन्।’
चार तहका स्वास्थ्य संस्था
मापदण्डमा अस्पतालहरुलाई सेवका आधारमा वर्गिकरण गरिएको छ। यसअघि शैयाका आधारमा अस्पताललाई वर्गिकरण गरिन्थ्यो। मापदण्डमा सेवाका आधारमा अस्पताललाई वर्गिकरण गर्नुका साथै हरेक तह मार्फत् उपलब्ध गराइने न्यूनतम सेवा परिभाषित गरिएको छ।
‘ती सेवाको माग र आवश्यकताको आधारमा प्रत्येक तहका स्वास्थ्य संस्थामा चाहिने स्वास्थ्यकर्मीको प्रकार र संख्या निर्धारण हुनेछन्,’ मापदण्डमा भनिएको छ, ‘सबै तहमा स्वास्थ्यकर्मीहरूलाई छनौट तथा नियुक्ति गर्ने, परिचालन गर्ने र कायम राख्ने नेपाल सरकारको मापदण्डहरु अवलम्बन गरिनेछ। स्वास्थ्य संस्थाको स्तरोन्नति हुँदै गर्दा सेवा अवरुद्ध नहुने व्यवस्था मिलाईनेछ।’
मापदण्डमा सबै तहका स्वास्थ्य संस्थामा बायोमेडिकल तथा सहयोगी उपकरणहरूको खरिद, सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनलाई बैज्ञानिक बनाइने, उपकरणका लागि हाल प्रयोगमा भएका स्पेसिफिकेसनलाई आधार मान्दै उपकरणको व्यवस्थापन र मर्मतसम्भारलाई थप सबलीकरण गर्ने मापदण्डहरुको कार्यान्वयन समेत गरिने उल्लेख छ।
वडा स्तरमा के–के ?
मापदण्ड अनुसार संघीय संरचनामा गाँउपालिकारनगरपालिकाको वडास्तरमा कम्तीमा एउटा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य ईकाइहरु हुने छन्। यी संस्थाले खोप, परिवार नियोजन, गर्भवती एवं शिशुजाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, डट्स प्रणाली, पोषण, मानशिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्कृनिङ, स्थानीय स्तरमा समान्यरुपमा देखिने सरुवा रोगको प्रकोप, औषधी वितरण, प्रयोगशाला सेवा तथा अन्य स्वास्थ्य प्रवर्धन तथा न्यूनिकरण, रोकथाम सम्बन्धी आधारभूत सेवाहरु प्रदान गर्नेछ।
यस्तै, उपरमहानगरपालिका वडामा नसर्ने रोगबारे जनचेतना अभिवृध्दी, न्यूनिकरण, रोकथाम, परामर्श तथा जाँच गर्ने तथा खोप सम्बन्धी कार्य गर्ने जनता स्वास्थ्य केन्द्र स्थापना हुने छ। यस्तो केन्द्रले पोषण तथा खाना सम्बन्धी परामर्श, परिवार नियोजन, वयस्क प्रजनन तथा यौनस्वास्थ्य सम्बन्धी कार्य, मनोसामाजिक परामर्श, प्रौढ स्वास्थ्य सम्बन्धी परामर्श, जनस्वास्थ्य निरिक्षण तथा अनुगमन लगायतका कार्य गर्नेछ।
कुन तहमा कस्ता अस्पताल, के–के सेवा ?
१. स्थानिय तहः गाउँपालिका
प्राथमिक अस्पताल बर्ग 'ख' : जन संख्या र भुगोलका आधारमा अस्पतालको आकार साना वा ठुलो हुन सक्नेछ। प्राथमिक अस्पताल बर्ग ूखू बाट प्रवाह हुने सेवाहरु देहाय बमोजिम हुनेछन्।
आधारभूत स्वास्थ्य सेवा :
- खोप, परिवार नियोजन, गर्भवती एवं शिशुजाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, डट्स प्रणाली, पोषण, मानशिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्कृनिङ, स्थानीय स्तरमा समान्यरुपमा देखिने सरुवा रोगको प्रकोप, औषधी वितरण, प्रयोगशाला सेवा तथा अन्य स्वास्थ्य प्रवर्धन तथा न्यूनिकरण, रोकथाम सम्बन्धी आधारभूत सेवाहरु तथा अन्य जनचेतना तथा निरोधात्मक सेवाहरु र सामाजिक सेवा ईकाई
चिकित्सकीय सेवा:
- सामान्य स्त्रीरोग तथा प्रसुती सेवा
- बहिरंग सेवा
- आकस्मिक प्रसुति तथा नवजात शिशु शल्यक्रिया सेवा तथा अन्य प्राथमिक शल्यक्रियाहरु
- २४ सै घण्टा आकस्मीक सेवा
२. स्थानिय तहः नगरपालिका/उपरमहानगरपालिका
प्राथमिक अस्पताल वर्ग 'क'
जन संख्या र भुगोलका आधारमा अस्पतालको आकार साना वा ठुलो हुन सक्नेछ। प्राथमिक अस्पताल बर्ग ूकू बाट प्रवाह हुने सेवाहरु देहाय बमोजिम हुनेछन्।
आधारभुत स्वास्थ्य सेवा
खोप, परिवार नियोजन, गर्भवती एवं शिशुजाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, डट्स प्रणाली, पोषण, मानशिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्कृनिङ, स्थानीय स्तरमा समान्यरुपमा देखिने सरुवा रोगको प्रकोप, औषधी वितरण, प्रयोगशाला सेवा तथा अन्य स्वास्थ्य प्रवर्धन तथा न्यूनिकरण, रोकथाम सम्बन्धी आधारभूत सेवाहरु तथा अन्य जनचेतना तथा निरोधात्मक सेवाहरु र सामाजिक सेवा ईकाई।
चिकित्सकीय सेवा
- बहिरंग सेवाः फिजिसियन, स्त्रीरोग, प्रसुति, बालरोग लगायत, हाड जोर्नी,
- २४ सै घण्टा आकस्मीक सेवा
- आकास्मिक प्रसुति तथा नवजात सिशु शल्यक्रिया सेवा, हाड जोर्नी सम्बन्धि लगायत बिशष्टिकृत र ठूला शल्यक्रिया सेवाहरु
३. प्रदेश
द्वितिय तह अस्पताल: प्राथमिक तहका अस्पताल तथा अन्यस्थानबाट हुने रिफरल र सो भन्दा माथिल्लोस्तरको सेवाहरु प्रवाह गर्ने गरी द्वीतीय तहका अस्पतालहरुबाट देहाय बमोजिमका सेवाहरु प्रवाह हुनेछन्।
- जनस्वास्थ्य सेवा: खोप, परिवार नियोजन, गर्भवती एवं शिशुजाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, जटिल प्रसुती सेवा, क्षयरोग, दम जस्ता रोगहरुको उपचार तथा अन्य स्वास्थ्य प्रवर्धन तथा न्यूनिकरण, रोकथाम सम्बन्धी आधारभूत सेवाहरु र सामाजिक सेवा ईकाई।
- चिकिस्तकीय सेवा: जनरल फिजिसियन सेवा, साधारण शल्यक्रिया सेवा, गर्भवती एवं शिशुजाँच, बालरोग सेवा, दाँत रोग, हाडजोर्नी सेवा तथा आँखारोग सेवा
- विभागरवार्डहरुस् मुत्ररोग, छालारोग, स्त्रीरोग, हाड जोर्नी, वालरोग, मानशिक रोग, नाक(कान(घाँटी, विभागहरु ।
- आकस्मीक सेवाहरुस् २४ घण्टा शल्यक्रिया सहतिको आकस्मीक सेवा ।
- जनचेतना तथा निरोधात्मक सेवाहरु ।
- शल्यक्रिया सेवास् साधारण शल्यक्रिया, स्त्रीरोग तथा प्रसुती सम्बन्धी शल्यक्रिया, नाक(कान(घाँटीको शल्यक्रिया, हाडजोर्नी शल्यक्रिया ।
- अन्य :हेमोडायलाईसिस, सघन उपचार कक्ष, नवजात सघन उपचार कक्ष ।
प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रत्येक प्रदेशमा कम्तिमा १र१ प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिस्ठानहरु स्थापना तथा सन्चालन हुन सक्नेछन्।प्रदेशस्तरमा स्थापना हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको आफ्नै तृतिय तहको अस्पताल सन्चालन गर्नु पर्नेछ।प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले प्रदेशस्तरमा सन्चालनमा रहेका द्वितिय तहका सवै अस्पतालहरुमा समेत अध्यन अध्यापनको कृयाकलाप सन्चालन गर्नुपर्नेछ।
३. संघ
तृतिय तह अस्पताल:
प्राथमिक तथा द्वितीय तहका अस्पतालबाट हुने रिफरल तथा सेवाको विशिष्टताको आधारमा रहने तृतीय तहका अस्पतालहरुबाट देहाय बमोजमका सेवाहरु प्रवाह हुनेछन् ।
- जनस्वास्थ्य सेवा स् खोप, परिवार नियोजन, गर्भवती एवं शिशुजाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, जटिल प्रसुती सेवा, क्षयरोग, दम जस्ता रोगहरुको उपचार तथा अन्य स्वास्थ्य प्रवर्धन तथा न्यूनिकरण, रोकथाम सम्बन्धी आधारभूत सेवाहरु र सामाजिक सेवा ईकाई।
- चिकित्सकीय सेवा तथा वार्डरविभागस् जनरल फिजिसियन सेवा, साधारण शल्यक्रिया सेवा, गर्भवती एवं शिशुजाँच, बालरोग सेवा, दाँत रोग, हाडजोर्नी सेवा, आँखारोग सेवा, मुत्ररोग, छालारोग, मानशिकरोग, नाक(कान(घाँटी, मुटुरोग, नशारोग तथा अन्य विशिष्टसेवाहरु ।
- आकस्मीक सेवाहरुस् २४ घण्टा शल्यक्रिया सहतिको आकस्मीक सेवा ।
- जनचेतना तथा निरोधात्मक सेवाहरु ।
- शल्यक्रिया सेवास् साधारण शल्यक्रिया, स्त्रीरोग तथा प्रसुती सम्बन्धी शल्यक्रिया, नाक कान, घाँटी, आँखाको शल्यक्रिया, हाडजोर्नी शल्यक्रिया ।
- अन्य स् हेमोडायलाईसिस, सघन उपचार कक्ष, नवजात सघन उपचार कक्ष।
- थप हुनसक्ने अन्य सेवाहरुस् नशा तथा मुटुरोग शल्यक्रिया, प्लाष्टिक सर्जरी आदी ।
बिशिष्टीकृत अस्पताल
हाल सन्चालनमा रहेका सुपर स्पेसियलिटि अस्पतालहरु संघिय सरकार अन्तरगतमा रहनेछन्। प्राथमिक द्वितिय तथा तृतिय तहका अस्पतालबाट रिफर भई आएका निश्चित रोग तथा अंग विशेषको सम्पुर्ण बिशेषज्ञ उपचार सेवा प्रदान गर्नेछन्।सुपर स्पेसियलिटि अस्पतालहरुलाई सेन्टर अफ एक्सलेन्सको रुपमा विकास गरिनेछ।
संघिय स्वास्थ्य विज्ञान प्रतिष्ठान
संघमा एकमात्र केन्द्रिय स्वास्थ्य विज्ञान प्रतिस्ठान सन्चालन हुन सक्नेछन्।स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै तृतिय तहको अस्पताल सन्चालन गर्नु पर्नेछ।केन्द्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघिय सरकार अन्तरगत सन्चालनमा रहेका सम्पुर्ण तृतिय तहका अस्पतालहरु र सम्पुर्ण सुपर स्पेसियलिटी अस्पतालहरुमा समेत अध्यन अध्यापनको कृयाकलाप सन्चालन गर्नुपर्नेछ।
यस्ता छन् स्वास्थ्य संस्थाको पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय तहले गर्ने काम
संघिय सरकारका काम, कर्तव्य र अधिकार
- पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नतिको मापदण्ड तयार गर्ने/गराउने।
- पूर्वाधारहरुको मापदण्ड निर्धारण र निर्देशिका तयार गर्ने/गराउने।
- कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यक्रम तयार गर्ने/गराउने।
- लागि आवश्यक बजेट अनुमोदन गर्ने।
- सञ्चालन सम्बन्धमा आवश्यक कार्यविधि/निर्देशिकाहरु तयार गर्ने।
- समन्वयको व्यवस्था मिलाउने।
- सञ्चालनमा आइपरेका समस्या, परियोजना सञ्चालनमा आइपर्ने द्विविधा, कठिनाइ र अस्पष्टताको निवारण गर्ने।
- खरिद प्रक्रियाबमोजिम सम्पूर्ण खरिद सुशासनको प्रवर्द्धन गर्ने।
- तथा स्थानीय स्वास्थ्य संस्थाहरुसँग कार्यमूलक समन्वय गर्ने।
- विकासका लागि आवश्यक्ता पहिचान गर्ने।
- व्वस्थापन गर्ने।
- संशाधनको आवश्यक्ता प्रक्षेपण गर्ने।
- संशाधन विकासको योजना तयारी गर्ने।
- स्वास्थ्यकर्मीहरुको समायोजन गर्ने।
- औजारहरुको वर्गीकरण गर्ने।
- औजारहरुको स्पेसिफिकेसन बैंक तयार गर्ने।
- आधारमा ठूला र विशिष्टीकृत उपकरण तथा औजारहरुको खरिद, सञ्चालन र व्यवस्थापन गर्ने/गराउने।
- विस्तारका लागि सरकारी, गैह्रसरकारी, निजीसँग साझेदारीको खाका तयार गर्ने।
प्रदेश सरकारको काम, कर्तव्य र अधिकार
- स्वास्थ्य पूर्वाधार विकासका लागि आवश्यक्ता पहिचान गर्ने।
- निर्माण तथा स्तरोन्नतिको योजना तयारी तथा कार्यान्वयन गर्ने।
- तथा स्थानीयसँग कार्यमूलक सहकार्य गर्ने।
- आवश्यक पर्ने स्वस्थ्यकर्मीहरुको विवरण तयार गर्ने।
- साझेदारीमा गुणस्तरीय स्वस्थ्य सेवा विस्तार गर्ने।
- आवश्यक पर्ने स्वस्थ्य औजार तथा उपकरणहरुको आवश्यकता पहिचान गर्ने।
- औजार तथा उपकरणहरुको खरिद, सञ्चालन र व्यवस्थापन गर्ने।
- विकास गरिने पूर्वाधार विकासको खरिद योजना तयार तथा कार्यान्वयन गर्ने।
- तहमार्फत निर्माण तथा विकास गरिने स्वास्थ्य पूर्वाधारहरुको गुणस्तर नियमन गर्ने।
- तहमा निर्माण तथा विकास गरिने स्वास्थ्य पूर्वाधारहरुको बजेट तथा कार्यक्रमको व्यवस्था मिलाउने।
- सम्बन्धी मापदण्डहरुको पालना गर्ने/गराउने।
स्थानिय तहको काम, कर्तव्य र अधिकार
स्थानीय तहमा बन्ने स्वास्थ्य पूर्वाधारहरु स्थानीय तहबाट नै निर्माण हुनेछन्। स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विकासका लागि बजेट तथा कार्यक्रम संघ र प्रदेशबाट विनियोजन हुनेछ। स्वास्थ्य पूर्वाधार विकासका लागि स्थानीय तहको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
- पूर्वाधार विकासका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने।
- विकास तथा स्वास्थ्य सम्बन्धी औजार, उपकरण खरिद योजना तयार गर्ने।
- विकासका लागि ठेक्का व्यवस्थापन, साइट सुपरभिजन र लेखा व्यवस्थापन गर्ने।
- स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक स्वास्थ्यकर्मीहरुको आवश्यकता पहिचान, नियुक्ति र सञ्चालन गर्ने।
- स्वास्थ्य सेवा प्रवाह गर्न संघीय मापदण्डहरुको कार्यन्वयन गर्ने।
- पूर्वाधार विकासको आन्तरिक नियमन र सुशासन कायम गर्ने।
- तथा संघीय स्वास्थ्य सम्बन्धी संस्थाहरुसँग कार्यमूलक समन्वय गर्ने।