नेपालमा धेरै मानिसहरु कपाल झर्ने समस्याबाट आजित छन्। कतिपय अवस्था कपाल नभएकै कारण उनीहरुले आफ्नो आत्मविश्वास गुमाइरहेको पनि देखिन्छ।
समय नपुग्दै कपाल झरेका व्यक्तिलाई तक्लु, तालुजस्ता शब्दले सम्बोधन गरिँदा उनीहरु निराश देखिन्छन्।
कपाल झर्ने कारण धेरै हुन्छन्। कतिपय व्यक्तिले कपालकै लागि धेरै पैसा खर्च गरिरहेका हुन्छन्। तर सोचेको जस्तो नतिजा भने हात लागेको हुँदैन।
पछिल्लो समय कपाल नभएका व्यक्तिहरुका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आइरहेको छ। नेपालमा पनि कपाल प्रत्यारोपण गराउने व्यक्ति बढिरहेका छन्।
स्वस्ति लेजर एन्ड स्किन केयर सेन्टरका छाला रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा विपिन भट्टचन कतिपय व्यक्तिको कपाल औषधिका माध्यमबाट रोक्न सकिने बताउँछन्। तर केही गरी कपाल झर्न रोकिएन र तालु देखिने अवस्थामा भने प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ।
कपाल किन झर्छ, कसरी झर्नबाट रोक्ने र कपाल प्रत्यारोपण भनेको के हो, कसरी गरिन्छ, कुन उमेरका व्यक्तिले कपाल प्रत्यारोपण गराउन मिल्छ लगायतका विषयमा हामीले डा भट्टचनसँग भिडियो कुराकानी गरेका छौँ।
उनीसँग गरिएको कुराकानीको पूरा अंश भिडियोमा :