काठमाडौं - पछिल्लो १५ दिन यता कोरोना संक्रमितको संख्या घट्दै गएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले असार १९ गते यता संक्रमितको संख्या घट्दै गएको देखाएको छ।
१५ दिन अघि असार १९ गते ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि संक्रमितको संख्या क्रमश घट्दै गएको मन्त्रालयको तथ्यांक छ। उक्त अवधिमा कोरोना भए/नभएको पत्ता लगाउन गरिने पिसिआर परीक्षण पनि घट्दै गएको छ।
पिसिआर परीक्षणको संख्या ६ हजार माथि उठ्न सकेको छैन। त्यो पनि गएको १५ दिनमा एक दिन मात्र ६ हजार जनाको पिसिआर परीक्षण भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । अन्य दिनमा पिसिआर परीक्षणको संख्या साढे चार हजार आसपास मात्र छ।
असार १९ गते ४ हजार ४ सय ८३ जनाको पिसिआर गर्दा ७ सय ४० जना संक्रमित भेटिएका थिए। असार २० गते ४ हजार ५० को पिसिआर हुँदा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो।
असार २१ मा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। त्यो दिन २ सय ९३ जना संक्रमित भेटिएका थिए। असार २२ मा ४ हजार ७ सय २१ जनाको पिसिआर हुँदा १ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।
गएको १५ दिनमा कुल ७० हजार ७ सय २५ जनाको पिसिआर परीक्षण भएको छ। जसमध्ये २ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो १५ दिनमा कति पिसिआर भए र कति संक्रमित ?
असार १९ – ४४८३ पिसिआर, ७४० संक्रमित
असार २० – ४०५० पिसिआर, २३२ संक्रमित
असार २१ – ४७१० पिसिआर, २९३ संक्रमित
असार २२ – ४७२१ पिसिआर, १८० संक्रमित
असार २३ – ६१३३ पिसिआर, २०४ संक्रमित
असार २४ – ४६९६ पिसिआर, २५५ संक्रमित
असार २५ – ४५८८ पिसिआर, १०८ संक्रमित
असार २६ – ४८०६ पिसिआर, ११८ संक्रमित
असार २७ – ३६४८ पिसिआर, ७० संक्रमित
असार २८ – ३९१६ पिसिआर, ८२ संक्रमित
असार २९ – ५८५६ पिसिआर, १४४ संक्रमित
असार ३० – ४३६१ पिसिआर, ११६ संक्रमित
असार ३१ – ५०९० पिसिआर, ११६ संक्रमित
साउन १ – ४९८१ पिसिआर, १६७ संक्रमित
साउन २ – ४६८६ पिसिआर, १०१ संक्रमित