नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेसँगै हरेक समूहका मानिसले यसबाट बच्न विभिन्न सावधानी अपनाउन थालेका छन्।
विश्व स्वास्थ्य संगठनले ६० वर्ष उमेर कटेका वृद्धवृद्धा र दीर्घ रोगी (मुटुका रोगी, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास आदि) का बिरामी कोरोनाको उच्च जोखिमको समूहमा राखेको छ। जसमध्ये मुटुका रोगी पनि उच्च जोखिममा पर्छन्। उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले कोरोना संक्रमणको उच्च जोखिममा पर्ने चिकित्सक बताउँछन्।
मुटु रोगी कोरोनाको संक्रमणका किन र कसरी उच्च जोखिममा पर्छन्? कसरी सतर्कता अपनाउने लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसँग गरेको कुराकानीः
१. मुटु रोगीलाई कोरोना भाइरस संक्रमणको जोखिम कत्तिको हुन्छ?
– मुटु रोगीका लागि कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ।
– रोग प्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका र वृद्धवृद्धा उच्च जोखिममा।
२. कस्तो खालका मुटु रोगीहरु बढी जोखिममा पर्छन्?
– मुटुको मासंपेसी कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्ने मुटुरोगी
– मुटु सुन्निने, भल्भ सुन्निने रोग भएका मानिसहरु बढी जोखिममा
– कोरोनाको संक्रमणका कारण मुटु रोगीको मुटु फेल भएर मृत्यु हुन सक्छ
३. मुटु रोगीका लागि कोरोना संक्रमण किन र कसरी जोखिमपूर्ण हुन्छ?
– कोरोना भाइरसले मुुटुको मासंपेसीलाई कमजोर बनाउँछ।
– मुटु रोगीमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले समस्या बढाउने जोखिम
४. मुटु रोगीले कसरी सतर्कता अपनाउनु आवश्यक छ?
– मुटुका रोगीले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ
– खानपानमा बढी ध्यान दिनुपर्छ र व्यायाम गर्नुपर्छ
– अत्यावश्यक बाहेक अस्पताल नजाने
– धेरै भीडभाड भएका ठाउँमा नजाने, सामाजिक दूरी कायम गर्ने
– साबुन–पानीले हात धुने र मास्क प्रयोग गर्ने
– मुटुका रोगीले निमोनियाको भ्याक्सिन लगाउन सुझाव