संसारभर नै पैसा सबैभन्दा बढी चलायमान हुने वस्तुमध्ये एक हो। धेरै मानिसको हातमा पुग्ने भएकाले रुपैयाँ–पैसाबाट पनि कोरोना भाइरस सर्नसक्ने जोखिम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटा संक्रमित व्यक्तिले प्रयोग पैसाबाट संक्रमण सर्नसक्ने जोखिम रहेको बताउँछन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर कोरोना भाइरस निश्चित समयसम्म विभिन्न पदार्थको सतहमा पनि बाँच्न सक्ने बताउँछन्। उनले संक्रमित व्यक्तिबाट निस्किएका थुकका छिटा पैसामा पर्ने त्यस्तो पैसा छोएको व्यक्तिले आफ्नो हातलाई मुख वा आँखासम्म पु¥याएमा कोरोना सर्ने जोखिम रहेको जानकारी दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोल पैसाको कारोबार गर्दा कोरोना संक्रमणको जोखिम रहने बताउँछन्।
कोरोना संक्रमितले बोल्ने, खोक्ने वा हाछ्युँ गर्ने क्रममा निस्किएका थुकका छिटा अगाडि रहेको मानिसको हात, मुख वा आँखामा पुग्न सक्छ। यसरी थुकका छिटासँगै कोरोना भाइरस पनि अर्को व्यक्तिसम्म पुग्ने भएकाले पैसाको कारोबार गर्दा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ। त्यसैले सकेसम्म पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्ने बानीको विकास गरेमा भाइरस संक्रमणको जोखिमबाट बच्च सकिन्छ।