काठमाडौं– हिजोआज धेरैले सर्जिकल ग्लोब्स लगाएको देखिन्छ। सर्जिकल ग्लोब्सले कोरोना भाइरसको संक्रमणबाट बचाउन सक्ने आम सर्वसाधारणको बुझाइ छ।
के सर्जिकल ग्लोब्सले साँच्चै कोरोना भाइरसको संक्रमणबाट बचाउँछ छ त? चिकित्सक भन्छन्– सही तरिकाले ग्लोब्सको प्रयोग नगरे झनै जोखिम बढाउँछ। उनीहरुका अनुसार चिकित्सक र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिको लागि ग्लोब्स आवश्यक छैन।
सर्जिकल ग्लोब्स लगाउनु कत्तिको जरुरी छ? यो कसका लागि आवश्यक हो र कसका लागि होइन? लगायत विषयमा हामीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अफिसर डा श्रवणकुमार मण्डलसँग कुराकानी गरेका छौं।
हेरौ यो भिडियो :
सर्जिकल ग्लोब्स लगाउनु कत्तिको जरुरी छ?
– सर्जिकल ग्लोब्स मेकिडल तथा सर्जिकल काम गर्ने बेलामा मात्र प्रयोग हुन्छ।
– एक पटक लगाइसकेपछि पुनः प्रयोग नगरी सर्जिकल ग्लोब्सलाई नष्ट गर्नुपर्छ।
के सर्जिकल ग्लोब्सले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ?
– सर्जिकल ग्लोब्स लगाएपछि कोरोना भाइरसको संक्रमण हुँदैन भनेर सोच्नु भ्रम मात्र हो।
– सावधानीपूर्वक ग्लोब्सको प्रयोग नगरे यसले झनै संक्रमणको जोखिम बढाउँछ।
त्यसो भए सबैले सर्जिकल ग्लोब्स लगाउनु आवश्यक छैन हो?
– सबै व्यक्तिले ग्लोब्स लगाउन आवश्यक छैन।
– ग्लोब्स एक पटकको प्रयोगको लागि मात्र हो।
यदि कसैले ग्लोब्स लगाउँछ भने त्यो व्यक्तिले कुन बेला, केका लागि र कसरी प्रयोग गर्न सक्छ?
– घरमा कुनै बिरामीको हेरचाह गर्दा सर्जिकल ग्लोब्स लगाउन सकिन्छ।
– बिरामीको हेरचाहका बेला ग्लोब्स प्रयोग गरे संक्रमणबाट बच्न सकिन्छ।
ग्लोब्स प्रयोग गरेपछि कसरी नष्ट गर्ने?
– एक पटकको प्रयोगपछि ग्लोब्स नष्ट गर्नुपर्छ।
– डस्टबिनमा फाल्ने, खाल्डोमा पुर्ने, जलाउने गरेर नष्ट गर्नुपर्छ।
सर्जिकल ग्लोब्सको विकल्प के हुनसक्छ?
– ग्लोब्सको उत्तम विकल्प साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर प्रयोग गर्ने।
– बेलाबेलामा साबुनपानीले हात धोए ग्लोब्स लगाउन आवश्यक पर्दैन।
– ग्लोब्स लगाइसकेपछि नाक, मुख र अनुहारमा हातले छुनु हुँदैन।
भिडियो : निमेष जंग राई