धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का रमेश विक कामको खोजीमा भारतको चेन्नाइ गइरहन्छन्। चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका उनी कोरोना भाइरसको त्रासले घर फर्के।
कैलालीको धनगढीस्थित त्रिनगर नाकामा रहेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्यकर्मीले ‘थर्मल गन’ (शारीरिक तापक्रम नाप्ने उपकरण)ले उनको जा“च गर्दै थिए । ‘कमाउन भनेर नियमित भारत जाने गरेको छु। अहिले भारतमा कोरोनाको त्रास भयावह हुँदै गयो,’ उनले भने, ‘काम गर्न सक्ने वातावरण रहेन। कुनै विकल्प नभएपछि घर फर्किएँ।’ उनले कोरोनाको त्रास नहटेसम्म भारत रोजगारीमा नजाने बताए।
डडेल्धुराका पदमबहादुर कार्की भारतको बैंगलोरको एक होटलमा काम गर्दै आएका छन्। उनी पनि घर फर्केका छन्। उनले भने, ‘भारतमा अहिले काम गर्ने वातावरण छैन। केही होटल, विद्यालयलगायत आंशिक रुपमा बन्द छन्।’ उनले कोरोनाको त्रास नसकिएसम्म घरायसी काम गर्ने बताए। उनको घरको जोहो भारतमा गई मजदुरी गरेमात्र चल्छ।
भारतको दिल्लीस्थित होटलमा काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिकाका प्रेम रावल पनि फर्केका छन्। ‘होटलहरु बन्द भए। खाली त्यहा“ बस्नुभन्दा घरमा आएको हु“,’ उनले भने।
बैतडीका भरत राणा दुई वर्षदेखि भारतमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरिरहेका छन्। ‘अहिले भारतका शैक्षिक संस्था बन्द छन्,’ उनले भने, ‘कोरोनाको त्रास पनि थियो। नया“ वर्षसँगै सुदूरपश्चिममा मनाइने विसु पनि नजिकिएकाले घर फर्केको हुँ।’
कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिकजसो दुई हजार मानिस प्रवेश गरिरहेको जनाइएको छ। हेल्थ डेस्कमा खटिएका दिनेश ठकुल्लाले भने, ‘दैनिक एक हजार पा“च सयदेखि दुई हजार मानिस नाकाबाट प्रवेश गरिरहेका छन्। त्यसमा अधिकांश भारत रोजगारमा गएका नेपाली नै बढी रहेका छन् ।’
अहिलेसम्म स्वास्थ्य चेकजा“चका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको ठकुल्लाले बताए। रोजगारीका क्रममा भारतका विभिन्न ठाउ“मा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन्। यसरी घर फर्किनेमा कैलाली, अछाम, बैतडी, डडेल्धुरा, डोटीलगायत जिल्लाका बासिन्दा रहेका छन्।
भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ। तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन्। भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ। तर कहिलेसम्म काममा फर्किने भन्ने ठेगान छैन।
ग्राहकको संख्या घटेस“गै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ। सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन्। ‘एकातिर बिदाको समय, अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किए“’, उनले भने, ‘मजस्तै धेरैलाई बिदा गरिएको छ।’
यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, बैगलोर, चेन्नाई, गुजरात, लखनऊ, सुरतलगायत सहरबाट धेरै रहेको पाइएको छ। सीमा क्षेत्रमा घर फर्किने नेपालीको संख्या बढेस“गै चुनौतीसमेत थपिएको छ ।
धनगढीको त्रिनगर नाकाबाट मात्र होइन कैलालीकै टीकापुरको सत्ती नाकाबाट पनि नेपालीहरु प्रवेश गरिरहेका छन्। सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए। कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जा“च गर्न थालेको छ।
प्रदेशकै मुख्य नाका कञ्चनपुरको गड्डाचौकीमा पनि अहिले चहलपहल बढेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाकाबाट दैनिक चार हजार मानिस प्रवेश गरिरहेको बताए। उनले नाकाबाट प्रवेश गर्नेमा अधिका“स नेपाली रहेको बताए। उनका अनुसार शनिबार गड्डाचौकीबाट पा“च हजार छ सय आठ, आईतबार तीन हजार सात सय ६९ र सोमबार चार हजार सात सय ७१ जना प्रवेश गरेका थिए । त्यस्तै, मंगलबार सा“झसम्म तीन हजार सात सय सो नाकाबाट प्रवेश गरिसकेका थिए।
‘मास्क’ र ‘थर्मल गन’कै भर
धनगढीको त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्ला मुखमा मास्क र हातमा थर्मल गन समाएर बसेका थिए । उनले भने,‘यही थर्मलकै भरमा कोरोना संक्रमणको पहिचान गर्नुपर्ने अवस्था रहेको छ।’ त्रिनगर नाकामा हजारौ व्यक्तिको चेकजा“च गर्न दुई वटा थर्मल गनमात्र प्रदान गरिएको छ। यस्तै, आशंका व्यक्ति भेटिए छेउमै दुई कोठे घरलाई आइसोलेसन वार्डका रुपमा राखिएको छ।
त्रिनगरमात्र होइन कञ्चनपुरको गड्डाचौकी नाकामा दुई वटा थर्मल गन उपलब्ध गराइएको छ। सो नाकामा आइसोलेसन वार्ड राखिएको छैन। प्रजिअ नुरहरी खतिवडाले भने– ‘गड्डाचौकी यस प्रदेशको सबैभन्दा चहलपहल हुने नाका हो, तर यहीको व्यवस्थापन कमजोर देखिन्छ ।’ उनले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको पनि अभाव रहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले हेल्थ डेस्कलाई थप सुदृढ गर्दै लैजाने प्रयास भए पनि आवश्यक उपकरणहरू प्राप्त गर्न नसकेको गुनासो गरे।
उनले भने, ‘दैनिक चार हजार बढी भारतीय यस नाकाबाट नेपाल प्रवेश गर्छन, तर त्यहाँ थर्मल गन दुई वटा मात्र छ । हामीले अझै थप्ने भनेका थियौ, तर अभाव रहेको छ ।’
प्रजिअ खतिवडाले ‘हेल्थ डेस्क’लाई सुदृढ र व्यवस्थित बनाउन रकमको अभाव नभए पनि त्यसले मात्रै समस्या समाधान नहुने बताए । उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकार सबैले माग अनुसारको रकम दिन्छु भनेका छन्, तर रकमले चेकजा“च त हुने होइन् ।’ उनले कोरोना भाइरसको जोखिम गड्डाचौकी नाकामा रहेको बताए ।