इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधात्मक क्षमता, जसले शरीरमा विभिन्न रोग लाग्नबाट बचाउँछ। रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा अन्य व्यक्तिलाई भन्दा छिटो विभिन्न संक्रमणदेखि गम्भीर खालका रोग लाग्ने चिकित्सक बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता कम भए शरीरमा के कस्ता असर देखिन्छन्? कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने लगायतका विषयमा पोषणविद् प्राडा मनसा थापा ठकुराठीसँग स्वास्थ्यखबरका लागि कमला गुरुङले गरेको कुराकानीः
१. रोग प्रतिरोधात्मक क्षमता भनेको के हो?
– रोगसँग लड्ने शरीरको क्षमता रोग प्रतिरोधात्मक क्षमता हो।
– रोग प्रतिरोधात्मक क्षमताले शरीरमा विभिन्न रोग लाग्नबाट बचाउँछ।
२. रोग प्रतिरोधात्मक क्षमता कम भए शरीरमा के कस्तो असर देखिन्छ?
– रोग प्रतिरोधात्मक क्षमता कम भएमा शरीरमा विभिन्न रोग लाग्ने तथा संक्रमण हुन्छ।
३. रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
– पोषिलो तथा सन्तुलित खाना नियमित खानुपर्छ।
– स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्छ।
४. कुन–कुन खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ?
– हरियो सागसब्जी तथा तरकारी नियमित खानुपर्छ।
– अमिलो जातका फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– रातोभन्दा सेतो मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ।
– प्रोटिन र भिटामिन सी भएका खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ।