काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका छन्।
अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटर गएका हुन्।
फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।
उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन। समीक्षा बुधबार डिस्चार्ज भइसकेकी छन्।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।