काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लैजाने तयारी भएको छ। अस्पताल स्रोतका अनुसार उनको केही बेरमा प्रत्यारोपणका लागि शल्यक्रिया लगायतका प्रक्रिया अगाडि बढाइने छ।
केही रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थियटरमा लैजान बाँकी रहेको अस्पताल निर्देशक डा प्रेम खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि अस्पतालमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पदमा अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, नेकपा महासचिव विष्णु पौडेल, मुख्यसचिव लोकदर्शन रेग्मी लगायतको उपस्थिति रहेको छ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।