काठमाडौं – नेपाली औषधि उद्योग बजारमा १४ अर्बभन्दा बढी लगानीमा ३५ वटा नयाँ उद्योग थपिँदै छन्। औषधि व्यवस्था विभागका अनुसार ३५ वटा औषधि उद्योगले सञ्चालनका लागि अनुमति लिइसकेका छन्।
स्वीकृति पाउने नयाँ कम्पनीहरु ३० देखि ४० करोड लागतबाट सुरु हुने विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। यो हिसाबले थपिएका नयाँ उद्योगमा १४ अर्ब बढी लगानी हुने देखिएको छ।
मुलुकमा हाल ६५ वटा उद्योग सञ्चालनमा छन्। उनले भने, ‘स्वदेशमै औषधि नयाँ औषधि उद्योग सञ्चालनमा आउनु सकारात्मक हो। यसले औषधिमा आत्मनिर्भरको पाटोलाई थप सहयोग गर्छ।’
३५ वटा उद्योगले सञ्चालनका लागि स्वीकृति पाएसंगै औषधि उद्योगको संख्या एक सय पुगेको छ। अनुमति पाएका यी नयाँ उद्योग चितवन, भैरहवा, विराटनगर, पर्सा, नेपालगञ्ज, काभ्रे, काठमाडौं लगायत जिल्लामा खोल्न लागिएको विभागले जनाएको छ।
औषधि उद्योग सञ्चालनका लागि उद्योगीले विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ।
नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधि खपत हुन्छ। जसमध्ये २५ अर्बको औषधि बाहिरी मुलुकबाट खरिद गर्नुपर्ने बाध्यता छ। सरकारले आधारभूत संरक्षण नदिँदा तथा आयातमुखी नीतिका कारण औषधिमा आत्मनिर्भर हुन नसकिएको उत्पादकको गुनासो छ।
यी हुन थपिन लागेका नयाँ उद्योग
१. मीरा बायोटेक प्रा.लि
२. केभा फर्माक्युटिकल्स प्रा.लि
३. लाइका फर्माक्युटिकल्स प्रा.लि
४. एटम फर्माक्युटिकल्स प्रा.लि
५. डिभाइन हेल्थ केयर प्रा.लि
६. गुराँस फर्माक्युटिकल्स प्रा.लि
७. पोखरा फर्माक्युटिकल्स प्रा.लि
८. मेड्रिक फर्माक्युटिकल्स प्रा.लि
९. सिटिजन फर्माक्युटिकल्स प्रा.लि
१०. टिजिग फर्मा प्रा.लि
११. कान्तिपुर फर्माक्युटिकल्स ल्याब प्रा.लि
१२. न्यूमार्कस फर्माक्युटिकल्स प्रा.लि
१३. वेभ फर्माक्युटिकल्स प्रा.लि
१४. एकोर्ड फर्माक्युटिकल्स प्रा.लि
१५. अभिकोम फर्माक्युटिकल्स प्रा.लि
१६. राजदेवी फर्माक्युटिकल्स प्रा.लि
१७. लुसियस फर्माक्युटिकल्स प्रा.लि
१८. एलीक्सर लाइफ साइन्स प्रा.लि
१९. ग्लोबल फर्माक्युटिकल्स प्रा.लि
२०. रोयल सासा नेपाल फर्माक्युटिकल्स
२१. सिटिएल फर्माक्युटिकल्स प्रा.लि, चितवन युनिट
२२. हरभद फर्माक्युटिकल्स प्रा.लि
२३. एभरेष्ट प्यारेन्टेलर्स प्रा.लि
२४. बिग बी फर्मुलेसन प्रा.लि
२५. आइडियल फर्माक्युटिकल्स कम्पनी प्रा.लि
२६. डेरेन फर्माक्युटिकल्स प्रा.लि
२७. निप्पोन फर्माक्युटिकल्स प्रा.लि
२८. लाइफ सोलुसन प्रा.लि
२९. जियो फर्माक्युटिकल्स प्रा.लि
३०. नेपाल मार्स रेमिडिज प्रा.लि
३१. मेसा फर्माक्युटिकल्स प्रा.लि
३२. कालिका फर्माक्युटिकल्स प्रा.लि
३३. फर्मोनिक्स लाइफ साइन्स प्रा.लि
३४. सिभम फर्माक्युटिकल्स प्रा.लि
३५. इमभोलियो लाइफ साइन्स प्रा.लि