काठमाडौं – थप एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ।
चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। नमूना परीक्षणका लागि हङकङ पठाइएका नुमनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएकोे छ। २८ वर्षीय पुरुषमा भने कोरोना भाइरसको संक्रमण नभेटिएको अस्पताल स्रोतले जनाएको छ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ। यसअघि सरकारले माघ १० गते पत्रकार सम्मेलन गरेर चीनबाट फकिर्एका एक नेपालीमा संक्रमण पुष्टि गरेको थियो।
सरकारले सोमबारदेखि नेपालमै कोरोना भाइरसको परीक्षण समेत सुरु गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस पहिचान गर्ने रिएजेन्ट ल्याएसंगै परीक्षण सुरु भएको हो।