धनगढी- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा रहेको चिकित्सक संघको भवनमा शनिबार पहिलो दिन भएको मतदानमा ५८ मत खसेको छ।
संघको २८ औं कार्यकारिणी समितिका लागि आज शनिबार र भोली आइतबार दुई दिन उपत्यकाबाहिर मतदान भइरहेको छ। सोही अनुसार धनगढीस्थित केन्द्रमा शनिबार पहिलो दिन ५८ मत खसेको सहायक मतदान अधिकृत डाक्टर जगदिश जोशीले जानकारी दिए।
ध्नगढीको चिकित्सक संघको भवनमा डाक्टर गणेशदत्त भट्टले पहिलो मतदान गरेका हुन्। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १ सय २ जना मतदाता रहेका छन्। प्रदेशको ९ वटै जिल्लाको मतदान केन्द्र संघको धनगढीस्थित सभाहलमा तोकिएको छ।
शनिबार बिहान ११ बजेदेखि शुरु भएको मतदानको समय ४ बजेसम्म रहेको थियो।
डा जोशीका आइतबार पुनः ११ बजेदेखि ४ बजेसम्म मतदान समय रहेको छ।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्।