काठमाडौं– शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्यत्र सार्नुपर्ने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ। मुख्य सहरी क्षेत्र र घना बस्तीको बीचमा रहेकोले यस अस्पतालको प्रकृति अनुसार भौतिक संरचना वस्तीभन्दा टाढा राख्नको लागि आवश्यक जग्गाको व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव पेस गरिएको हो।
अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले अनुसार अस्पताल निकै घना वस्तीमा भएको हुनाले सरुवा रोग सर्ने सम्भावना अधिक रहेकोले अस्पताल सार्न जग्गाको माग गरेको बताए। उनले भने, 'अस्पताल सरुवा रोगका ठूलाठूला रोगहरु हेर्नुपर्ने अवस्था छ, जसमा ठाउँमा अभाव छ। अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ।'
रोगहरु पनि बढ्दै गएको, वस्ती पनि बाक्लिँदै गएको, अस्पताल विस्तार गर्न ठाउँ पनि अभाव रहेको,विभागले नै धेरै ठाउँ ओगटेकोले यो निर्णय गरेको डा पाण्डेले बताए।
उनले अहिले चोभारको सिमेन्टको कारखानाको जग्गा तथा ललितपुरको सुन्दरीघाट, मलपोखरीको जग्गा अस्पतालका लागि उपयुक्त हुन्छ कि भनेर सोच बनाएको बताए। उनले भने, 'अहिले मन्त्रालयमा यसबारे छलफल भएको छ, सबैले सकारात्मक रुपमा हेरेका छन्। अस्पताल नै पुरानो भइसक्यो। भौतिक संरचना निकै पुरानो भएकाले पनि यसलाई फेर्न जरुरी छ।'
विसं १९९० देखि सञ्चालनमा आएको अस्पतालको भवन निकै पुरानो भइसकेको छ। सरुवा रोगसम्बन्धी नेपालको एक मात्र विशेषज्ञ सेवासहितको अस्पताल टेकुको घना बस्तीमा रहेको छ। सरुवा रोग र यससम्बन्धी उपचार गर्ने अस्पताललाई निकै संवेदनशील रुपमा लिइन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको मन्त्रालयस्तरीय विकास समाधान समिति बैठकमा सो प्रस्ताव पेस गरिएको थियो। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रालय स्तरीय विकास समितिको बैठकले तय गरेको १४ बुँदे प्रस्तावमा शुक्रराज अस्पतालको पनि प्रस्ताव रहेको थियो।
यो पनि