लिङ्ग उत्तेजना, शीघ्रपतन, यौन अरूची, यौनाङ्ग चिलाउने जस्ता कुनै पनि समस्या छन् भने उपचारका लागि सम्पर्क भन्दै रेडियोमा बज्ने वा पत्रपत्रिकामा देखिने विज्ञापन सुनेर वा पढेर राहत महसुस गर्नुहोला। तर, यस्ता समस्याको उपचार भनेर विज्ञापन गर्ने संस्थाहरूले बेच्ने औषधिले राहत हैन थप आहात दिइरहेका छन्।
अस्वस्थकर जीवनशैली, धुम्रपान, मध्यपान जस्ता कारणले नेपाली समाजलाई सामाजिक र आर्थिक रूपमा मात्रै होइन यौनीक रुपमा समेत कमजोर पार्दै लगेको छ। सार्वजनिक जीवनमा हट्टाकट्टा र स्वस्थ देखिनेहरू वेडमा ‘गुड परफरमेन्स’ गर्न नसक्दा धेरैको पारिवारीक मात्रै होइन, मानसिक जीवन पनि सन्तुष्ट छैन। यौन समस्याकै कारण पारिवारिक सुमधुर सम्बन्धलाई तोड्नेदेखि हत्या, आत्महत्या जस्ता सामाजिक अपराधको दर र दायरा समेत बढ्दै गएको छ। जीवनलाई वेचैन पार्ने यौन समस्यालाई हल गर्न मानिस जे गर्न पनि तयार हुन्छ। यस्तो अवस्थामा कुनै मलम लगाएर वा ट्याबलेट खाएर गुमेको यौनशक्ती फर्केला भन्ने सुन्दा को तयार नहोला र ?
पछिल्ला दिनमा वेडका यस्ता समस्याको परामर्श र उपचार गर्छु भन्दै समस्यामाथि ‘इमोसनल अत्याचार’ गरेर स्वास्थ्य माथि खेलबाड गर्ने घटना बढ्दै गएको छ। स्थायी रुपमा यौन समस्याको समाधान खोज्ने भन्दा विज्ञापनको पछाडी दौडिएर आफ्नो यौन स्वास्थ्यलाई जोखिममा पार्नेहरूको लर्को राजधानीका कथित ‘यौनजन्य रोगको उपचार’को भ्रम छर्ने धेरै अँध्यारा कोठामा ठोकिरहेको छ। ती कोठाहरूमा यौन स्वास्थ्य र त्यसले निम्त्याएका असंख्य पीडाहरू फोस्रो ब्यापारसँग साटिइरहेका छन्। अनुगमन व्यवस्था प्रभावकारी नहुँदा सरकारले यो अवैध व्यापारलाई अघोषित वैद्यता दिए जस्तो भान पर्छ।
लामो समय हङकङ बसेका ४० वर्षिया कृष्ण तामाङ ९नाम परिवर्तनको लिङ्ग उत्तेजना हुन छाड्यो। मनमा यौनईच्छा हुँदा पनि अङ्गले साथ दिँदैन। यौन असन्तुष्टि पारिवारिक झगडाको कारण बन्यो। श्रीमती प्रति उनको नियन्त्रण गुम्दै गयो। उनले श्रीमतीलाई घर किन ढिला आएको रु कहाँ गएर आएको जस्ता सामान्य प्रश्न सोध्न पनि पाउन छाडे। परिणामतः पारिवारिक सम्बन्ध अदालतको ढोकामा पुगेर टुगिंयो, एउटा कथाको अन्त्य भयो तर उनले अर्को विहेको तयारी गर्न सकेनन्, कारण थियो उनी भित्र रहेको यौन कमजोरी। हङ्कङ बस्दा देखिनै उनले लिङ्ग कडा बनाउने, लामो समयसम्म स्खलन नहुने मलम तथा यौनजन्य औषधि प्रयोग गर्ने गरेको उनले बताए। ‘पहिला त सँच्चै जस्तो लाग्यो दिनहुँ खाइयो, सन्तुष्ट पनि भइयो’ उनले भने ‘तर केही वर्ष पछि औषधि नखाई उत्तेजना नै हुन छाड्यो। अहिले त जति औषधि खाएपनि उत्तेजना नै हुँदैन।’ डाक्टरले उनलाई पहिला यौनाङ्गमा लगाउने गरेको औषधिको नकारात्मक असरका कारण यौनाङ्ग ठाडो नहुँने समस्या आएको बताएका छन्।
उपत्यका लगायत देशका अधिकांश ठाउँहरू यौन रोग उपचार केन्द्रहरूले ‘तपाईलाई शीघ्रपतन, यौन सन्तुष्टि, यौन चाहना, स्वप्नदोष, स्तन सानो वा ठूलो पार्नेदेखि महिलाको गुप्ताङ्ग टाइट गर्ने, पुरूषको लिङ्ग लामो र मोटो ग्यारेन्टिका साथ बनाउने’ लगायतका आकर्षक नारा बाँढ्दै उपभोक्तालाई ठगीईरहेका छन्। शतप्रतिशत उपचारका नाममा भ्रामक विज्ञापन दिएर यौन उपचारका नाममा अबैध व्यापार गरिरहेका यस्ता केन्द्रलाई सरकारले कानुनी दायरामा पनि ल्याउन सकेको छैन। सरकारी अधिकारीहरू एक अर्कालाई दोस दिएर आफ्नो जिम्मेवारी नभएको बताउँनमा व्यस्त छन्।
यस्ता समस्याको उपचार गर्ने नाममा खुलेका संस्थाको एकीन तथ्यांक नभएपनि टेलिमर्केटिङ्ग एशोसियसनका नाममा संगठित भएकाले यस्ता व्यापार गरिरहेका छन्। यीनिहरूले विभिन्न नाम र ब्रन्डका तेल, ट्याबलेट, क्याप्सुल, जेल, स्प्रे, बिक्री गरिरहेको भेटिन्छ। संगठित नभईकन यौन समस्याको रामबाण समाधान दिने नारा लगाउँनेहरूको त आंकडै छैन। २/३ थरी तेल र केही उपकरण राखेर प्रमुख सहरी क्षेत्रमा महङ्गा फ्ल्याट भाडामा लिएर सञ्चालन भइरहेकोले पनि यसको बजारको सहजै अनुमान लगाउन सकिन्छ।
मलेसिया, भारत, चीनलगायतका मुलुकका यस्ता औषधि ल्याएर नेपाली नाम दिएर रिप्याकिङ्ग गर्ने प्रचलन पनि कम छैन। जानकारहरूका अनुसार जर्मनि, अमेरीका, जापान, थाइल्यान्ड, फ्रान्स, कोरीयालगायतका मुलुकबाट आयत गरिने भनेपनि अधिकांश यस्ता कथित औषधि चीनबाट भित्र्याइएका छन्। यस्ता पदार्थलाई व्यापारीहरूले एमेग्रा, आर्याग्रा, कोभर्टा, इरीग्रा, मेडिग्रा, नेग्रा, पेनज्वे, पिइग्रा, सिलाग्रा, सिल्डाफिल, एक्सट्रा र एक्स साइट, भियग्रा, हर्मोटेक्स, सान्ड्राको तेल, जापानी तेल, भि८, भि८ प्लस, लङजोङ, म्याक्सम्यान, ह्यान्डसम अप जस्ता औषधिजन्य नाम दिएर व्यापार गरिरहेका छन्।
औषधि ऐन अनुसार कुनैपनि ट्याब्लेट, क्याप्सुल, मलम, तेल, स्प्रे जस्ता औषधिमा पर्ने वस्तुमा उत्पादक कम्पनिको नाम, व्याच नम्बर, मुल्य, म्याद सकिने मिति, उत्पादन मिति, संचय गर्ने तरीका, प्रयोग गर्ने बिधि, औषधिय तत्वको नाम र परिणाम प्रष्टसँग नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्छ। तर, बजारमा भेटिएका यस्ता औषधिमा माथि उल्लेख गरिएका कुनै पनि कुरा भेटिन्न। नेपाली बजारमा पनि यस्ता यौनबर्धक भनि बिक्रि गरिएका औषधिमा उत्पादक कम्पनीको नाम, औषधिमा मिसाइएको रासायनिक पदार्थ, उत्पादन, म्याद सकिने मिति, सेवन विधि लगायतका कुनै पनि जानकारी उल्लेख भएको भेटिन्न।
कानूनतः यस्ता उत्पादनको आयात, विक्रीवितरण, विज्ञापनदेखि यस्ता संस्थाको सञ्चालन एवं परामर्श समेत पूर्णत अवैध हो। औषधि ऐन, २०३५ अनुसार त्यस्तो अवैध कारोबारीलाई पाच हजार रुपिया र एक वर्षसम्म सजाय हुन सक्ने व्यवस्था रहेको छ। तर, आजसम्म यस्ता बिक्रेतालाई सम्बन्धित निकायले कारबाही गरेको एउटा पनि उदाहरण छैन। यस्ता औषधि बिक्रिकर्तालाई तीन वर्ष कैद वा २५ हजार जरीवाना वा दुवै सजाय, भ्रामक विज्ञापन गर्नेलाई एक वर्ष कैद वा पाँच हजारसम्म जरीवाना वा दुवै सजाय हुन्छ। यस्ता औषधिले शरीरको कुनै अङ्ग क्षीण वा शक्तिहरण भएमा १० वर्ष कैद वा जरीवाना, अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरीवाना वा दुवै सजाय हुनसक्छ। यस्ता औषधि वा वस्तुले शारीरिक हानी गरेमा औषधि व्यवस्था विभागमा उजुरी दिन सकिन्छ। यदि औषधिले हानी नोक्सानी गरेको छ भने उत्पादक कम्पनिले पीडित पक्षलाई पाँच हजारदेखि तीन लाखसम्म क्षतिपुर्ति दिनुपर्ने ऐनमा प्रावधान छ।
छाला तथा यौन रोग विशेषज्ञ डा हरीनारायण गुप्ताले यस्ता औषधिले क्षणीक मनोरञ्जन दिएपनि अत्यन्तै हानिकारक हुने बताए। ‘रगतको प्रवाह बढाएर केही क्षणका लागि लिङ्ग खडा हुन्छ, तर, लामो समय यस्ता औषधिको प्रयोगले यौन क्षमता नै ह्रास भएर जान्छ’ उनले भने। वाणिज्य विभाग र भ्याटमा दर्ता भएकै भरमा आयातकर्ताले श्रृङ्गार सामाग्री र खाद्यवस्तु भनि यस्ता औषधि भित्राउने गरेका छन्। डाक्टर गुप्ता यस्ता औषधिले मिलन होइन बिछोड गराउँने बताउँछन्। ‘उच्च रक्तचापका बिरामीले त यस्ता औषधि सेवन गरे ज्यान जान सक्छ’ डा. गुप्ताले भने। चिकित्सकहरूका अनुसार यौन समस्या ९० प्रतिशत मनोगत समस्या हो। सामान्य काउन्सेलिङ गरे समस्या समाधान हुन्छ। रोगको कारणले हो भने मात्र चिकित्सकको सल्लाह अनुसार केही समयका लागि आधिकारिक औषधि प्रयोग गर्न सकिने डा.गुप्ताको भनाई छ।
भारतको चतुर्भुज फर्मास्युटिकल कम्पनीको उत्पादन ‘जापानी तेल’ र सत्यखुब फर्माको उत्पादन ‘साँडे तेल’ को लेबलमा डाक्टरको सल्लाहविना प्रयोग नगर्ने र अस्पतालबाट मात्र बिक्रि गर्नुपर्ने लेखिएको छ। तर, यसलाई फिटनेस र श्रृङगार सामाग्री भनि गैरकानुनी रुपमा बिक्रि र जथाभावी प्रयोग भइरहेको छ। यसको प्रयोगबारे न जानकारी दिनेहरूलाई स्वास्थ्य ज्ञान छ न उपभोक्ताले नै खोज्ने गर्छन्। सान्ड्राको तेल भन्दै लिंग मोटो, लामो र दह्रो पार्ने औषधिदेखि शीघ्रस्खलन जस्ता समस्याको शतप्रतिशत समाधान गर्ने भन्दै विक्री गरिरहेका छन्। त्यसैगरी ब्युटी ब्रेस्ट इन्हान्समेन्ट मसाज, निट्रो मेडिगोल्ड नामका उपकरणले पनि उपभोक्ता ठगीइरहेका छन्।
यी औषधि विभागमा समेत दर्ता छैनन्। अधिकांश यस्ता औषधिमा मूल्यसम्बन्धी पुराना स्टिकर उप्काएर मनपर्दी मूल्य राखिएको हुन्छ। अधिकतम मुल्य एक सय ४० भएपनि बिक्रेताले मुल्य हटाई हजार देखि १५ सय रूपैँयासम्ममा बिक्रि गरिरहेका छन्। बिक्रेताका अनुसार यस्ता तेलले लिङ्गको नसामा रगतको प्रवाह बढाएर लिङ्ग उत्तेजित पार्छन। तर यो यौन समस्याको समाधान नभएको डा। गुप्ताको भनाई छ। लिंगका आकार र मोटाइ बढाउने भनिएको ह्यान्डसम अप भन्ने भ्याकुम सक्सनले लिङ्को आकार विज्ञापनमा भनिएजति नबढाउने ग्लोबल टिभि सपका भारतीले स्विकार गरे। सामान्य देखिने यो उपकरणलाई नेपाली बजारमा ३५ सय रुपियाँ पर्छ।
फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन अमेरिका (एफडिए)ले सन् २००६ मा यस्ता औषधि तथा सामग्रीलाई वैज्ञानिक आधार नभएको भनि अत्यन्तै हानिकारक र गैरकानुनी भनि पुष्टि गरेको छ। एफडिएले जिएमएक्स, लिबिड्स, नियोफेज, नासुत्रा, भिगोर–२५, एक्टा–आरएक्स, फोर–एभरोन लगाएतका थुप्रै डाइटरी सप्लिमेन्ट भनि प्रचार र बिक्रि गरिएका औषधिलाई प्रतिवबन्ध लगाएको छ। यस्ता औषधिको सेवनले ज्यान गएपछि जापानमा यस्ता औषधिको बिक्रिमा प्रतिबन्ध लगाएको स्वास्थ्य मन्त्रालयका सह सचिव डा. बाबुराम मरासिनिले बताए। नेपालमा पनि यस्ता औषधि तथा बिक्रेतालाई कानुनी दायरामा ल्याउनु पर्ने उनको भनाई छ।
यौनवद्र्धक भनिएका औषधि बिक्रेताका कुरा पत्याउने हो भने विभिन्न खाले यौन समस्याको उपचार सम्भव छ। तर, निश्चित उमेर पार गरेपछि लिंग लामो वा मोटो बनाउन नसकिने चिकित्सकहरू बताउँछन्। उनीहरूले यौन समस्या मूलतः मनोवैज्ञानिक भएकोले ९० प्रतिशतजति मनोवैज्ञानिक रुपमा ठीक गर्न सकिने बताउँछन्। नबुझेर औषधि खाने र खुवाउने चलनले बिगारेको गुप्ताको भनाई छ । चिकित्सकीय सिद्धान्त अनुसार केही किसिमका यौन रोगको उपचार सम्भव छ। तर, यौन समस्यामा मनोविज्ञान मिसिने हुनाले पहिला बिरामीका निजी समस्यामा गहिरिन सक्नुपर्छ। बिरामी आफै“ले मागेर खाने आमप्रवृत्तिले पनि औषधिको दुरुपयोग भइरहेको छ। रक्तचाप, मधुमेह, मानसिक तनाव, लामो समयदेखिका रोगी, उमेर बढी भएकाहरु र रक्सीको कुलतमा फसेकाहरुलाई त्यसै पनि यौन इच्छा कम हुने र यी रोगको उपचार भएमा पुरानो शक्ति फर्किन सक्ने चिकित्सकहरू बताउँछन्। शुक्रकीट नबन्ने वा कम बन्ने, यौन इच्छा कम हुने समस्यामा चिकित्सकले लामो अनुसन्धानपछि औषधि वा मनोवैज्ञानिक तरीकाले उपचार दिन सक्छन्।
तर, धेरै हदसम्म मनोवैज्ञानिक कारणले फस्टाएको यौन समस्याको र समाधानको खोजीमा आतंक नै फैलिएको छ। यस्ता समस्याको सुरुवात नै संभवै नहुँने कुराबाट सुरू भएका छन् । यौनका सवालमा हुने गहिरो भ्रमले पनि यस्तो आतंक सिर्जना हुन्छ। लिङ्ग ठूलै हुनुपर्छ र घन्टौ“सम्म विभिन्न आसनमार्फत यौनसम्पर्क गर्न सकिन्छ भन्ने धारणाले बढी मानिसहरू रोगकै अवस्थामा पुगेका छन्। यौनवद्र्धक औषधि खासगरी युवा देखि बुढासम्मका व्यक्तिले सेवन गर्ने गरेको पाइएको छ। ‘क्षणीक आनन्दको पछाडी दौडिँदा एक घन्टादेखि चार घन्टासम्म असर गर्ने यस्ता औषधिले सबैलाई एकैनासको असर गर्छ भन्ने छैन’, एक विक्रेताले समेत स्विकार गरे ‘स्खलनपछि लिंगमा आएको कडापन र मोटोपन एक–दुई दिनसम्म रहन सक्छ ।
त्यस्तो अवस्थामा लिंग दुख्ने औषधिको नराम्रो लत पनि पर्न सक्छ ।’ चिकित्सकहरूका अनुसार सेवनकर्ता नपुंसक हुने खतरा पनि उत्तिकै रहन्छ । उच्च रक्तचापको समस्या भएकाले यस्ता औषधि प्रयोग गर्दा पक्षघातसम्म हुन सक्छ। मुटुरोगीका लागि यी औषधिहरु झनै खतरनाक छन्।
महिलामा मासिक धर्म बन्द भएपछि तथा पुरुषमा ४५ वर्ष नाघेपछि यौनशक्तिमा ह्रास आउछ। उमेर पुगेपछि पुरुषमा यौनशक्ति बढाउने हार्मोन बन्न कम हुन्छ। त्यसैका कारणले पनि यौनशक्ति र यौनइच्छामा कमी आउने चिकित्सकहरू बताउँछन्। यसलाई नपुंसकता भन्न मिल्दैन। पौष्टिक आहार, व्यायाम तथा सन्तुलित व्यवहारले यो समस्यालाई धेरै हदसम्म हल गर्न सकिने यौनरोग विशेषज्ञको भनाई छ। तर त्यसका लागि औषधि नै खानु पर्दैन। अधिकांश नपुंसकता मनोवैज्ञानिक हुन्छ। यसको उपचार मनोवैज्ञानिक तरीकाले गरनिुपर्छ। बजारमा उपलब्ध यौनशक्ति बढाउने औषधिहरु ठगी हो। शरीरलाई स्वस्थ राख्न औषधिको प्रयोग स्वाभाविक हो तर औषधिबाट यौनशक्ति बढ्छ भन्नु मनोवैज्ञानिक भ्रम मात्र हो।