६८ वर्षअघि डाक्टरहरुका लागि तयार गरिएको सपथमा भनिएको छ– 'बिरामीको स्वास्थ्य नै मेरो पहिलो प्राथामिकता हुनेछ।' ६८ वर्षअघिको त्यो सपथ परिवर्तन गर्नका लागि न्युजिल्यान्डका डा साम ह्याजलडिनले सपथ नै परिवर्तन गनुपर्ने अभियान सञ्चालन गरे। उनले त्यो सपथ परिवर्तनका लागि थालेको अभियानमा ४ हजार हस्ताक्षर संकलन भइसेको छ। 11 संगठनको जेनेभा सम्मेलनमा पनि उनले नारा परिवर्तनका लागि दबाब दिए। उनले अघि सारेको सपथमा उल्लेख छ– 'म स्वस्थ रहेर मात्रै बिरामीलाई स्वस्थ पार्नेछु।’
५० प्रतिशत डाक्टर तनावमा रहेर उपचार गर्ने भएकाले गल्ती भइरहेको उनको अध्ययनले देखाएको छ। उपचारका क्रममा हुने त्रुटि हटाउन डाक्टरले स्वस्थ र तनावरहित भएर मात्रै उपचारमा जानुपर्ने उनको भनाइ छ। यो अभियान उनले किन सुरु गरे? कार्यान्वयन भए स्वास्थ्य क्षेत्रमा कस्तो परिवर्तन हुनसक्छ? जस्ता विषयमा डा सलुजा पोखरेलले ह्याजलडिनलसँग गरेको कुराकानीः
बिरामीको स्वास्थ्य ठीक पार्न डाक्टर स्वस्थ हुनुपर्ने अभियान कसरी सञ्चालन गर्नुभयो?
मैले सन् २००३ मा ग्राजुेएसन गरेर डन्डेन हस्पिटलमा काम गर्न सुरु गरेँ। डाक्टरी पेशा हामीले कल्पना गरेजस्तो अझै भएको थिएन। म लगायत मेरा साथीहरु डाक्टरी पेशालाई हामीले कल्पना गरेजस्तो बनाउन चाहन्थ्यौं। त्यसका लागि मेरो पहलमा ‘मेडि रिक्युर्ट कम्पनी’ स्थापना भयो। हामी सन् २००९ सम्म छोटो समयमै ५० देशमा फैलियौं। हाम्रो कम्पनीको उद्देश्य डाक्टरको हक–अधिकारको पक्षमा वकालत गर्नु हो भने यो पेशालाई अझै सम्मानित र सरल बनाउनु पनि हो। हामी चाहान्छौं डाक्टरको जिन्दगी तनावपूर्ण नहोस्। एउटा डाक्टरले आफूलाई अब्बल बनाओस् र डाक्टर भएकोमा गर्व गर्न सकोस्।
डाक्टर तनावमा रहने भएकाले उपचारमा त्रुटि हुने तपाईंको दाबी छ, कसरी?
जेनेभा घोषणा महत्वपूर्ण मानिए पनि त्यसले डाक्टरहरुको हकहित र व्यावसायिक पक्षमा केही कुरा छुटाएको छ। मेरो अनुसन्धानले ५० प्रतिशत डाक्टर मानसिक तनावमा रहेको देखाएको छ। आफ्नो व्यक्तिगत तनावका कारण डाक्टरहरुले बिरामीहरुसँग भावनात्मक सम्बन्ध कायम राख्न सकेका छैनन्। जब डाक्टर तनावमा हुन्छ, उसले बिरामीको राम्रो उपचार गर्नै सक्दैन। चकित्सक र बिरामीसँगको सम्बन्ध भावनात्मक नबन्दा उपचारका क्रममा त्रुटि भएको मेरो अध्ययनको निष्कर्ष हो। जेनेभाको घोषणले यस्ता पक्षलाई समेट्न सकेको छैन। जेनेभा घोषणाले बिरामीको पक्षमा जति राम्रा विषय समेटेको छ, डाक्टरो पक्षमा त्यस्ता विषय छैनन्। डाक्टर स्वस्थ भए मात्रै उसले बिरामी स्वस्थ बनाउन सक्छ, त्यसैले डाक्टरहरुको समस्या समाधानमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ।
जेनेभा सम्मेलनमा पनि तपाईंले यो विषय प्रमुखताका साथ उठानुभएको थियो जेनेभा घोषणाले के छुटायो?
जेनेभा सम्मेलनले तयार गरेको घोषणामा समेटिनुपर्ने केही विषय उठान गरेको छ। बिरामीलाई मात्रै नभई डाक्टरलाई समेत ध्यानमा राखेर घोषणा तयार गर्न हामीले भनेका थियौं। डाक्टरले पहिला आफ्नो अवस्था ख्याल गरेर बिरामीको उपचारमा जानुपर्छ। बिरामीलाई प्राथामिकतामा राखेर जस्तोसुकै अवस्थामा पनि उपचारमा जानु हुँदैन। डाक्टरले ‘बिरामीलाई होइन, आफूलाई प्राथमिकतामा राख’ भन्ने हाम्रो अभियान हो। यो कार्यान्वयन भए उपचार प्रणालीमा परिवर्तन आउँछ र डाक्टरहरुले गल्तीका कारण तनाव ब्यहोर्नुपर्ने अवस्थाको अन्त्य पनि हुन्छ।
जेनेभासम्म यो आवाज पुर्याउन पाउँदा तपाईंलाई कस्तो महसुस भएको छ?
बिरामीलाई भन्दा आफूलाई प्राथामिकतामा राखेर उपचार गर्दा डाक्टर र बिरामी दुवैलाई फाइदा हुन्छ। यो अभियानको थालनी गरेर चेतना जगाउन पाउँदा म ज्यादै खुसी छु। विश्वभर यो पद्धतिको कार्यान्वयन भएको अवस्थामा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् र हाम्रो पेशा अझ मर्यादित हुनेछ।
सबैतिर तपाईंको अभियान कार्यान्वयनमा आए के प्रभाव पर्छ?
डाक्टरहरुले बिरामीको उपचारमा जानुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गरेर जानेछन्। यसले गर्दा उपचारका क्रममा गल्ती हुने क्रम घट्नेछ। डाक्टरहरुलाई अत्याधुनिक उपचार यन्त्र उपलब्ध गराएर मात्रै राम्रो उपचार सम्भव हुँदैन। उनीहरुको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ। यो कार्यान्वयनमा आए आफू पूर्णरुपमा स्वस्थ भएर मात्रै उपचारमा जान डाक्टरहरु वाध्यात्मक हुनेछन्। यसले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ। सिकागोबाट यो अभियान कार्यान्वयनमा आइसकेको छ। जनेभामा समेत यो विषय प्रमुखताका साथ उठान भएको हुनाले अन्य क्षेत्रमा समेत बिस्तारै कार्यान्वयन हुनेछ भन्ने मेरो अपेक्षा छ।
चिकित्सा पेशामा आउन चाहाने नयाँ पुस्तालाई तपाईंको सुझाव के छ?
चिकित्सा क्षेत्र राम्रो भविष्य भएको क्षेत्र हो। यो क्षेत्रमा लागेर हामीले धेरै सकारात्मक प्रभाव पार्न सक्छौं। चिकित्सा पेशामा लाग्नेहरु पुराना डाक्टरलाई पच्छ्याउँछन्। त्यो गलत हो। उनीहरुबाट धेरै सिक्न सकिन्छ तर आफू तनावमा रहेर बिरामीको उपचार गर्नु हुँदैन भन्ने अभियान अब नयाँ पुस्ताले पुरानालाई सिकाउन जरुरी छ। आफू स्वस्थ भए मात्रै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सक्ने अभियानमा नयाँ पुस्ता सक्रियतापूर्वक लाग्नुपर्छ।