एजेन्सी- हलिउडकी चर्चित गायिका सेलेना गोमेज मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेकी छन् । पछिल्लो समय गायनको दुनियाँबाट पर रहेकी उनले प्रत्यारोपणपछि पहिलो पटक 9 दिएकी छन्।
9का क्रममा उनले प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र आफू एकदम स्वस्थ रहेको बताएकी छन्।
सेलेनाले यसै वर्षको गर्मीयाममा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । उनलाई फ्रान्सिया राइसा नाम गरेकी उनकै साथीले मिर्गौला दिएकी थिइन् । शल्यक्रियापछि सेलेनाले मिर्गौलादाता साथीसँग हात समातेर खिचाएको फोटो सेप्टेम्बर १४ मा इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।
ती साथीबारे कुरा गर्दै उनले आफ्नो जीवन बचाउने श्रेय साथीलाई दिएकी छन् । २५ वर्षीया सेलेना सन् २०१५ देखि 'लुपस' नामक रोगका कारण थलिएकी थिइन्।
आफ्नो रोगबारे कुरा गर्दै उनले भनेकी छन्, 'यो जीवन मृत्यु जस्तै थियो।'
प्रत्यारोपणपछि पुरानो अवस्थामा फर्किन सेलेनाले जिम सुरु गरेकी छिन्। विहिबार उनी लस एञ्जल्सको बाटोमा जिमबाट फर्किदै गरेको अवस्थामा फेला परिन्।