साना- यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले 11 संगठनको सहयोगमा हैजा नियन्त्रण विशेष अभियान सुरु गरेको छ ।
गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या दुई हजार १५१ पुगेको 11 सङ्गठन .(डब्लुएचओ) ले हालै जनाएको थियो । यहाँको अवस्था यत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्राय सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो । हैजाबाट आठ लाख भन्दा बढी नागरिक प्रभावित भएका थिए । 11 संगठनको विशेष पहलमा यहाँ यो कार्यक्रम सञ्चालन गरिएको हो ।
हैजाको प्रकोप फैलिएका प्राय स्थानहरु यहाँका हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले ती स्थानमा औषधि वितरण, स्वस्थ पानीको बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम, सरसफाई र अस्पतालमा शैयाबृद्धि तथा स्वास्थ्य कार्यकर्ताहरुको उपलब्धताजस्ता कार्यक्रमहरु सुरु गरिएको बताइएको छ ।
यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।
लामो समयदेखिको यहाँको द्वन्द्वका कारण स्वास्थ्यका संरचनाहरुमा क्षति पुगेको र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पनि उपलब्धता हुन नसकेका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाई छ ।
हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले पनि सहायता उपलब्ध गराउन सकेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोगहरु बालबालिकामा बढी देखा परेको छ । रासस