धनगढी- सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरिएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डा बेदप्रकाश भट्टमाथि आक्रमण भएको थियो।
भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
र्कायालयका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुरुवा बसेका थिए। उनको बुवा रमतरको आईसीयूमा उपचार भइरहेको छ ।
सोमबार बिहान डाक्टरले आईसीयूमा चेकजाँच गरेर फर्किने क्रममा रानाले आक्रमण गरेका हुन्। उनको आक्रमणबाट डा भट्टको चस्मा फुटेको छ भने मुखमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।