'मानसिक फुर्ति शारिरिक शक्ति को लागि आयोडिन युक्त नुन, थोरै खाऔं सही मात्रामा खाऔं दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं' आयोडिन एक प्रकारको लवण हो। यो माटोमा पाइन्छ। जनावर तथा मानव शरीरको बृद्धि र विकासको लागि आयोडिन नभइ हुँदैन।
निसको शरिरका अत्यन्त संवेदनशील अंगहरु जस्तै : मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ।
हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन मात्र खाऔं। मानसिक फुर्ती शारिरिक शक्ति आयोडिन युक्त नुनबाट मात्र पुर्ति भन्ने मुल नारालाई समेत आत्म साथ गरौं । र, आयोडिन को महिना फेब्रुअरी लाई सफल बनाऔं । दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन दैनिक सेवन गरौं, बालबालिकाको आईक्यु लेबल बढाऔं।'
मानवजातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अतिआवश्यक पर्दछ। यी आवश्यक तत्वहरु मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो। जुन सबै उमेरका मानिस तथा जीवजन्तुलाई दैनिक रुपमा आवश्यक पर्दछ । गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भइसकेको हुन्छ । त्यसैले यस समयमा शरिरमा आयोडिनको कमी भएमा मानसिक तथा शारिरिक विकासमा समेत मा अबरोध आउँछ। नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ। त्यसैले हामी नेपालीहरुले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो।
ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएतापनि यसलाई भन्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ। प्रायजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफै नास हुन्छ। त्यसैले पनि दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ। यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्यान्न गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन प्रमाणित गरेको छ। साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण ब्यक्तिको दिमागको विकास तीव्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्वको समेत पुर्ती हुने भएकाले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ। दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागी १५० माइक्रो ग्राम र गर्भवती महीलाको लागि दैनिक खानामा २५० माईक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ । सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं। ढिके तथा खुला बेचिने नुनबाट पर्याप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नुन प्रयोग नगरौं।
आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरीकाले राख्ने गरौं। आयोडिन नुनलाई नपखाली खाऔं । आयोडिन युक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौं।
आयेडिनका स्रोतहरु
समुन्द्री खाना
आयोडिन भएका जमिनमा उमारेका खाध्य पदार्थहरुःसलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदि ।
आयोडिनले के के गर्दछ :
१. आयोडिनले गलगाँड (कण्ठरोग ) नियन्त्रण गर्दछ ।
२. आयोडिनले मानसिक र बौद्धिक क्षमताको विकास गर्दछ ।
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ ।
४. आयोडिनले पुनरउत्पादन क्षमताको बृद्वि गर्दछ ।
५. आयोडिनले बालमृत्युदर घटाउन मद्वत गर्दछ ।
आयोडिनका फाइदाहरु
गर्भावस्था : गर्भवती महिलाले दैनिक रुपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरीक विकासमा महत्वपुर्ण फाइदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट सजिलै बच्न सकिन्छ ।
बाल्यावस्थामा : बाल्याबस्थामा पनि आयोडिन तत्वको सही मात्राको प्रयोगले बालबालीकाको शारीरीक तथा मानसिक विकासमा महत्वपुर्ण भुमिका खेल्दछ । बालबालिकाहरु फुर्तिला र तन्दुरुस्त हुनुको साथै दिमागीय रुपमा अति अब्बल देखिन्छन्।
किशोरावस्थामा : किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर किशोरीहरुको मानसिक तथा शारीरीक क्षमतामा बृद्धि हुन्छ । जसले गर्दा पढाइ लेखाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । किशोर-किशोरीहरुको आईक्यु लेबल बढाउनको लागी दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ।
सबै उमेरमा : आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरुको मानसिक तथा शारीरीक विकासमा आवश्यकीय विकास हुन्छ । जसले गर्दा गलगाँड र हाइपोथाइरोडिजम जस्ता घातक रोगहरु हुनबाट बच्न सकिन्छ । त्यसै कारणले पनि आयोडिन तत्वको आबस्यकिय र सही मात्रामा प्रयोग गर्नु नितान्तै आवश्यक छ ।
जान्नैपर्ने केही महत्वपूर्ण कुराहरु
१. ढिके तथा खुल्ला नुनमा मानिसहरुको शरीरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्ण रुपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरुले खानको लागी उपयुक्त हुँदैन । त्यसैले यो कुरा जान्न आवश्यक छ।
२. 'दुई बालबालीकाको चिन्ह' भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहिमात्रामा आयोडिन तत्व मिसाइएको हुन्छ । त्यासैले दैनिक प्रयोगमा 'दुई बालबालिकाको चिन्ह' नै भएको आयोडिन युक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
३. 'दुई बालबालीकाको चिन्ह' नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिन्ह हो । त्यसकारणले गर्दा पनि 'दुई बालबालीकाको चिन्ह' भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनुपर्दैन।
४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौं ।
५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं ।
६. नुन राखिसकेपछि तरकारी छोपेर मात्र राख्ने गरौं ।
(पोखरेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)