काठमाडौं- आँखा उपचारमा संलग्न चिकिस्कहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटी (एनसीसीआरसी)को अध्यक्षमा प्राडा मिनु चौधरी चयन भएकी छिन्।
शुक्रबार सम्पन्न भएको संस्थाको तेश्रो वार्षिक साधारण सभाले डा चौधरीलाई अध्यक्ष चयन गरेको हो। संस्थाका निवर्तमान अध्यक्ष प्राडा रिता गुरुङले डा चौधरी लगायतको नयाँ कार्यसमितिलाई स्वागत तथा पदभार हस्तान्तरण गरेकी छिन्।
सधारण सभाबाट सोसाइटीको उपाध्यक्षमा प्राडा लीना बज्राचार्य, महासचिवमा डा संगीता सिटौला, कोषाध्यक्षमा डा पुष्पा गिरी श्रेष्ठ र सदस्यहरुमा क्रमशः डा मनिष पाण्डे, डा मनिता गोदार, डा सागर रुइत, डा रचना सिंह राना, डा इशा विष्ट र डा ज्योती सापकोटा रहेका छन्।
आँखा उपचार अन्तर्गत आँखाको झिल्ली एवं मोतिबिन्दुको उपचारमा संलग्न चिकित्सकले नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी नामक संस्था बनाएर पेशागत हित र सिकाईको आदानप्रदान गर्ने कार्य गरिरहेका छन्।
नवनिर्वाचित समितिले आफ्नो सल्लाहकारहरुमा प्राडा सन्दुक रुइत, डा रीता गुरुङ र प्राडा सञ्जय कुमार सिंहलाई सल्लाहकारमा चयन गरेको छ। आँखाको झिल्ली र मोतिबिन्दुको उपचारमा संलग्न ४४ जना आँखारोग विशेषज्ञ यस संस्थामा आवद्ध रहेका छन्।