काठमाडौं- आँखाको प्लाष्टिक शल्यचिकित्सा सम्बन्धी नेपाली चिकित्सकहरुको समाज 'नेप्लिज सोसाइटी फर अकुलोप्लास्टिक सर्जन्स'मा नयाँ कार्यसमिति चयन भएको छ।
समाजको शनिबार भएको पाँचौं वार्षिक साधारण सभाले डा इलिया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा डा पुर्णिमा आर. स्थापित र महासचिवमा डा सुरेश रसाइली चयन भएका छन्।
यस्तै, सहसचिवमा डा टिना श्रेष्ठ, कोषाध्यक्षमा डा मलिता अमात्य र सहकोषाध्यक्षमा डा निशा श्रेष्ठ चयन भएका छन्।
समाजको सदस्यहरुमा क्रमश: डा समता शर्मा, डा प्रेरणा कंशाकर, डा प्रनिता ढकाल, डा दिक्षा विष्ट, डा सुशान्त अडिगा र डा जमुना गुरुङ चयन भएका छन्।
यसैगरी समाजको साइन्टिफिक चेयरमा डा आशिष राज पन्त र एडिटर इन चिफमा डा सविन साहु चयन भएका छन्।
नेपालमा रहेका आँखाको कस्मेटिक शल्यक्रिया र आँखाको क्यान्सर सम्बन्धी उपचार गर्ने चिकित्सकहरुको साझा यो संस्था २०७१ सालमा स्थापना भएको थियो। तत्कालिन समयमा डा रोहित सैँजुको नेतृत्वमा यो संस्था स्थापना भएको हो।