काठमाडौं - मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बताएको छ।
सुनितालाई बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् । दनुवारले सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने ‘टिप हिरो’ रूपमासम्मान प्राप्त गरेकी थिइन्।