महोत्तरी- महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ।
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
जिल्ला अदालत महोत्तरीको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो। हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए।