काठमाडौँ- इलामको चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाले नि:शुल्क एक्सरे तथा खकार जाँच सम्पन्न गरेको छ। ७१४ जनाको एक्सरे तथा खकार जाँच गर्दा १२४ जनामा क्षयरोगको शंका गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रम अति नै प्रभावकारी रहेको जनाउँदै नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
स्वास्थ्य शाखाले चुलाचुली अस्पताल लगायत मातहतका सेवाग्राहीलाई माया गरेर कार्यक्रम सहभागी गराउने र कार्यक्रम पूर्ण रुपमा सफल बनाउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गरेको छ।