काठमाडौं- बागमती प्रदेश अन्तर्गतका स्वास्थ्यका तीन कर्मचारी एक वर्षदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै सार्वजनिक सूचना जारी गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गोरखापत्रमा सूचना जारी गर्दै सफाइ पेश गर्न भनेको छ।
भक्तपुर अस्पतालकी नर्सिङ निरीक्षक सुमित्रा त्यात २०७९ मंसिरदेखि, मेथिनिकोट अस्पताल काभ्रेमा कार्यरत ल्याब टेक्निसियन सरिता पौडेल २०७९ चैत्र र आयुर्वेद चिकित्सक सुइरा जोशी २०७९ चैत्रदेखि नै सम्पर्कविहिन रहेको सूचनामा भनिएको छ।
उनीहरुले बिदा समेत स्वीकृत गराएको नदेखिएको सूचनामा उल्लेख छ।