काठमाडौँ- २१औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसको अवसरमा शंखरापुर नगरपालिकाले १०७ महिला स्वयंसेविकालाई सम्मान गरेको छ।
नगर पालिकाको स्वास्थ्य शाखाले बिहीबार उनीहरूलाई नगरको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरेको हो।
सुष्मा कोइराला मेमोरियलअस्पतालमा आयोजित सम्मान कार्यक्रम नगर शंकरापुरका नगर प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष सुना बहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चापागाईँ, स्वास्थ्य शाखाका कर्मचारीहरू तथा विभिन्न वडाहरूबाट आएका स्वयंसेविकाहरु उपस्थित थिए।