राजविराज- कारागार कार्यालय सप्तरीमा एक दिने नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना भएको छ। शिविरमा ३६६ जनाले सेवा लिएका छन्।
कारागार कार्यालयले आयोजना गरेको शिविरमा गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालय सप्तरीले सहयोग गरेका थिए। शिविरमा अस्पतालबाट ६ जना कन्सलटेन्ट डाक्टरसहित २० जना स्वास्थ्यकर्मीले सेवा दिएको अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले जानकारी दिए।
डा तिवारीका अनुसार शिविरमा ३६६ जनाको स्वास्थ्य परीक्षण गर्दै औषधि वितरण गरिएको थियो। शिविरमा सेवा लिने मध्ये २ सय जनालाई मनोसामाजिक परामर्श, २२० जनालाई पोषण सम्बन्धी परामर्श र एक सय जनालाई एचआइभी र टिबी सम्बन्धी परामर्श दिइएको छ।