काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ। ८ वटा टिममध्ये लुम्बिनी लायन्सबाहेकका टिमले दुई-दुई वटा खेल खेलिसकेका छन्। तीन टिम मेडिकल व्यवसायीले लगानी गरेका छन्।
चितवन मेडिकल कलेजको लगानी रहेको चितवन राइनोजले खेलेका दुवै खेल जितेर ४ अंक जोड्दै अंक तालिकाको दोस्रो नम्बरमा छ। दुवै खेलबाट समान ४ अंक जोडेको जनकपुर बोल्ट रनरेटका आधारमा पहिलो नम्बरमा छ।
नेपाली क्रिकेटप्रेमीले उत्सवका रुपमा लिएको एनपीएलमा लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो। लुम्बिनीले जम्मा एक खेल खेलेको छ। पहिलो खेल नै गुमाएको छ। अंक तालिकामा पुछारबाट दोस्रो नम्बरमा छ। बुधबार दोस्रो खेल खेल्दैछ।
सवैभन्दा पछि भारतीय स्टार खेलाडि शिखर धवन सम्मिलित कर्णाली याक्स रहेको छ। जसले दुवै खेल हारेको छ। त्यसैगरी पोखरा एभेन्जर्समा पनि मेडिकल उपकरण व्यवसायीहरुको लगानी छ। नेपाल टी २० प्रालिमा मेडिकल व्यवसायीहरु संलग्न छन्। सवैभन्दा महंगो ३ करोड ५७ लाखमा किनिएको पोखराको सुरुवात सम्झिनलायक हुन सकेन। दोस्रो खेल विराटनगर बोल्टसँग खेलिरहेको छ।