काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा स्वास्थ्यका तीन प्रस्तावमा सहमति भएको छ। दुई पक्षीय हस्ताक्षर पत्रमा उल्लेख भएअनुसार सिभिल अस्पतालमा कार-टी सेल ल्याब निर्माणका लागि चिनले सघाउनेछ।
भनिएको छ, 'चिनको मेडिकल टिमले सिभिल अस्पताललाई नयाँ उपचार सेवाको केन्द्र बनाउन सघाउनेछ। चिनको सहयोगमा क्यान्सर उपचारका लागि कार-टी सेल ल्याब बनाउन समेत अध्ययन गरिनेछ।'
त्यस्तै बीपी कोइराला क्यान्सर अस्पतालमा चिनले बोनम्यारो प्रत्यारोपणमा सहयोग गरिरहेको कुरा पनि दुई पक्षीय सम्झौतामा समेटिएकझो छ। चिन र नेपालले परम्परागत उपचार पद्धतिमा गरिरहेको सरसहयोग पनि नवीकरण गरिएको छ।
सरकारले रुचिसाथ प्रस्ताव गरेको काठमाडौंमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय भने यसपल्ट समेटिन सकेन।