काठमाडौं- कम्बोडियामा हुने 'मिस प्लानेट २०२४' मा नेपालको प्रतिनिधित्व गर्न नर्स अनिषा पराजुली कम्बोडिया गएकी छन्। उनी नोभेम्बर १९ देखि नोभेम्बर २७ सम्म हुने प्रतियोगीका लागि त्यहाँ गएकी हुन्।
उनी नेक्स्ट मोडेल नेपालले आयोजना गर्ने मिस नेपाल मिस २०२४ को उपविजेता हुन्। उनले नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताइन्। त्यसका लागि 'नेसनल कस्ट्युम' उनले बुद्धको थिममा बनाएको बताएकी छन्। कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै रहेकाले बुद्धको थिम बनाएको उल्लेख गरेकी छिन्।
'मिस प्लानेट' मा यो वर्ष थिम 'दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस' रहेको छ। वीर अस्पताल नर्सिङ क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छन्।
उनी नर्सिङका साथै मोडलिङ विशेष रुचि रहेको बताउँछिन्। 'नर्सिङ मेरो कलिलै दिमाग थियो। बुवा बिरामी भइराख्ने भएकाले हस्पिटल बस्नुपथ्र्याे। नर्सको बोलीचाली व्यवहार देखेर म प्रभावित थिएँ,' उनले भनिन्, 'म जीवनमा नयाँ गर्न रुचि राख्ने मान्छे हो। मोडलिङमा अवसर आउँदा पछि हट्दिनँ। मेरो पेसा र मेरो रुचि सँगसँगै लिएर जान्छु।'