काठमाडौं- सिभिल अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। अस्पतालमा कार्यरत महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
सहकर्मी महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि ती चिकित्सकलाई पक्राउ गरिएको हो।
अस्पताल स्रोतका अनुसार प्रहरीले उनलाई कात्तिक १९ गते पक्राउ गरेको थियो। उनलाई यौन दुर्व्यवहारको उजुरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको अस्पताल प्रशासनले जनाएको छ। उनी पक्राउ परेपछि अस्पतालले नियमअनुसार निलम्बन गरेको बताइएको छ।